नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ काउम्मेद्वार चुन्नप्रसादपौडेलले लामो समयदेखि अन्यौलमा रहेको सुकुम्बासी समस्या समाधानगर्ने प्रतिवद्धता व्यक्तगर्नुभएको छ । उहाँले काँग्रेस नेतृत्वमा सरकार बनाउन सकियो भने लामो समयदेखिको भुमिहीन, सुकुम्बासी,अब्यवस्थितबसोबासी समस्यानीतिबदलेर भएपनि समाधानगर्ने प्रतिवद्वताव्यक्तगर्नुभयो ।
निर्वाचन परिचालनकालागि गठित भुमिहीन सुकुम्बासीतथाअव्यवस्थितबसोबास क्षेत्र समन्वय समितिले गरेको अन्तरक्रियाकार्यक्रममाबोल्दै उम्मेद्वार पौडेलले विगतकाजनप्रतिनीधिहरुले दिएको आश्वासन पुरा नहुँदात्यही मुद्धा बोकेर जादात्यहाँकामतदाताले पत्याउने अवस्था नरहेको भनाई राख्नुभयो । उहाँले भन्नुभयो–‘सुकुम्बासी समस्यालाई सधै भोट बैंकको रुपमाप्रयोग गर्ने नभई समस्या समाधानकालागि सार्थक पहलगर्न आवश्यक छ ।’
त्यसकालागिकाँग्रेस नेतृत्वमाबहुमतको सरकार बन्नुपर्ने र काँग्रेस नेतृत्वमाबहुमतको सरकार बनाउनकालागिपनिकाँग्रेसकाउम्मेद्वारले जित्नुपर्ने भनाई राख्नुभयो । ‘गठवन्धन बिनानिर्वाचनमागएको र नीति र नेतृत्वसमेत परिवर्तन गरेकाकारण काँग्रेसलाई हार्ने छुट छैन । भातृतथा सुभेच्छुक संस्थाहरु पूर्ण रुपमाक्रियाशिलभएर लाग्नआवश्यक छ’, उहाँले भन्नुभयो ।
त्यस अवसरमा समितिका संयोजक, काँग्रेस नेता, भूमि समस्या समाधानआयोगकापूर्व जिल्लाअध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले आफू आयोगको जिल्लाअध्यक्षहुँदाभएकाप्रगति सहितको कामको फेहरिस्त उम्मेद्वार पौडेललाई हस्तान्तरण गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा समस्या समाधानकालागि धेरै काम गरेको र कतिपयलाई पुर्जा समेत वितरण गरिएको, केहीवितरणको तयारीमा रहेको अवस्थामाआयोग विघटन गरेकाकारण जग्गाको नापजाँचतथापुर्जा वितरणको कामलाई पुरा गर्न नसकिएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा समितिका सदस्यहरुले वडागत रुपमाभएका समस्या र समाधानकाउपायकाबारेमाजानकारी गराएकाथिए । कार्यक्रममाा नेपालीकाँग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले भूमिहिन सुकुम्बासी समस्यालाई भोट बैंकको रुपमाप्रयोग गरेकाकारण उनीहरुका समस्या समाधानहुननसकेको बताउँदै काँग्रेस नेतृत्वको सरकार बन्दात्यो समस्या सधैको लागि समाधानहुने जिकिर गर्नुभयो ।