कपिलवस्तुमा गोली हानी हत्या

1.3K

कपिलवस्तुमा गोली हानी हत्या

logoकपिलवस्तु, माघ .कपिलवस्तुको बाणगंगा–१० मा गोली प्रहारबाट एक होटेल व्यवसायी युवाको हत्या भएको छ ।बाणगंगा नगरपालिका–१० जितपुर चोकमा साथीहरुसँग रहेका स्थानीय ३६ वर्षीय राजेश सेनमाथि अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । साँझ ७ः३५ बजे नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेपछि घाइते भएका सेनको एक घण्टापछि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो ।उनको छातीमा दुईवटा गोली प्रहार भएको थियो ।व्यक्तिगत रिसइवीका कारण गोली प्रहार भएको हुनसक्ने भन्दै प्रहरी नायव उपरीक्षक डिल्लीराज विष्टले अपराधिको खोजी भइरहेको बताए । “सबै नाकामा प्रहरी परिचालन गरेका छौं, खोजी कार्य तिव्ररुपमा भइरहेको छ,” उनले भने ।सेनमाथि गोली प्रहार भएपछि आक्रोशित स्थानीयले सुरक्षा दिन नसकेको भन्दै प्रहरी–प्रशासन विरुद्ध नारावाजी गरिरहेका छन् ।घटनास्थल सदरमुकाम तौलहवाबाट २० किमी उत्तर पूर्वपश्चिम राजमार्गमा पर्छ ।