बेल्जियम स्थित नेपालि दूतावासको राजस्व संकलनमा वृद्धि : अघिल्लो आर्थिक वर्ष भन्दा ४० हजार यूरो बढी

552

बेल्जियम स्थित नेपालि दूतावासको  राजस्व संकलनमा वृद्धि : अघिल्लो आर्थिक वर्ष भन्दा ४०  हजार यूरो  बढी

सन्तोष न्यौपाने
ब्रसेल्स/बेल्जियम

मेसिनले पढ्न मिल्ने राहदानी (एमआरपी) लिनेको संख्या बढेपछि बेल्जिमयमा रहेको नेपाली दूतावासबाट आर्थिक वर्ष २०७१/७२ मा राजस्व संकलन बढेको छ ।

दूतावासले अघिल्लो वर्ष भन्दा ४० हजार यूरो अर्थात ४८ लाख नेपाली रुपैयाँ बढी राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०७०/७१ मा एक लाख ६४ हजार छ सय ८६ यूरो संकलन गरेकोमा आर्थिक वर्ष २०७१/७२ मा २ लाख ४ हजार १ सय ३८ युरो अर्थात् २ करोड ८५ लाख बेसी नेपालि रुपिया रकम संकलन भयको हो । दुतावासले आर्थिक बर्ष ६९/७० मा १ लाख १० हजार एक सय ५५ यूरो संकलन गरेको थियो |

दूतावासले आर्थिक बर्ष ७१/७२ मा राहदानी र ट्राभल डकुमेन्टबाट मात्रै १ लाख २३ हजार ८ सय १० यूरो संकलन गरेको छ । ७०/७१ मा यो शीर्षकबाट जम्मा ८२ हजार ३ सय ४५ यूरो राजस्व संकलन भएको थियो । त्यस्तै गरेर ७१/७२ मा भिसा सुल्क बापत ७२ हजार ८ सय ५० यूरो संकलन गरेको जनायको छ | यो रकम गत आर्थिक वर्ष भन्दा १ हजार बेसी यूरोले कमि रहेको छ | आर्थिक वर्ष ७०/७१ मा यो शीर्षकमा ७३ हजार ४ सय ८० यूरो संकलन गरेको थियो | बिबिध आम्दानी मार्फत ७०/७१ मा ८ हजार ८ सय ६१ यूरो राजस्व संकलन भयकोमा घटेर ७१/७२मा ७ हजार ३ सय ४८ मात्रै भयको थियो |

एमआरपी नयाँ बनाउदा तथा पुरानोबाट परिवर्तन गर्दा दूतावासले एक सय २० युरो, हराएको तथा ड्यामेज भएको भए २ सय ४० युरो र अस्थायी राहदानीको लागि २० युरो लिने गरेको छ ।

बेल्जियमको ब्रसेल्समा रहेको नेपाली दूतावासले बेल्जियम लक्जेम्बर्ग र नेदरल्याण्डलाई हेर्ने गरेको छ । त्यसबाहेक इथोनिया, लाट्भिया र इस्टोनियामा रहेका नेपालीहरुको विषयमा पनि यही दूतावास मार्फत काम हुने गरेको छ । तीनवटा देशलाई हेर्ने दूतावासको ७१/७२ सालको वार्षिक बजेट लगभग ५ करोड रुपैयाँ रहेको थियो ।