प्रहरीले अवैध मदिरा ओसारपसारमा संलग्न दुई सवारीसाधनसहित ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।
बुटवल उपमहानगरपालिका–८, मैत्री पथ क्षेत्रमा अवैध मदिरा रहेको गोप्य सूचनाका आधारमा बुधबार खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिल–विजक नभएको मदिरा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लु २ च ७०४३ नम्बरको बोलेरो गाडी र लु २ च ५०७८ नम्बरको सानो छाेटाहात्ती गाडीमा राखिएको गाेल्डेन ओक ब्रान्डको ७७ पेटी (३,६९६ बाेटल) मदिरा बरामद गरिएको हाे ।
बरामद मदिराको अनुमानित मूल्य २० लाख ७८ हजार र सवारीसाधनको मूल्य करिब १७ लाख गरी जम्मा ३७ लाख ७८ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।
बरामद सामान र दुवै सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।