राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यूरोप शाखाको तदर्थ समिति बिधान बिपरित

2.8K

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यूरोप शाखाको तदर्थ समिति बिधान   बिपरित

ब्रसेल्स/बेल्जियम

केहि समय अघि पोर्चुगलको राजधानी लिस्बनमा तामझामका साथ सम्पन्न भयको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यूरोप शाखाको तदर्थ समिति गठन बिधान बिपरित भयको पाइयको छ |साथै केन्द्रले दियको निर्देशन बिपरित तदर्थ समिति गठन भयको छ |

लुम्बिनी अनलाइनलाइ प्राप्त राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यलय काठमाडौँको पत्र अनुसार उक्त कार्यक्रम सरासर केन्द्रको निर्देशनलाई धक्का पुग्ने गरी गरियको देखियको छ | प्रतिष्ठानका अधक्ष्य चन्द्र शर्मा द्वारा तदर्थ समितिकी अधक्ष्य सुमी घिमिरे सापकोटालाइ लेखियको पत्रमा कुनै पनि देशलाई जिल्ला सरह शाखाको सुबिधा मान्यता दिइने जनाईयको छ |अहिलेलाई बेल्जियम वा स्पेनको तदर्थ समिति गठन गरी केन्द्रमा नामावली पठाउन भनियको छ |

केन्द्रको पत्र र निर्देशन अनुसार यो सस्था पूर्णत अबैधानिक र विधान विपरित रहेको छ | सस्थाले केन्द्रिय कार्यलयबाट मान्य नपाउने निश्चित देखिन्छ भने केन्द्रिय पदाधिकारी तथा कमिटीहरु यो निर्णय र कार्य बाट पुन अनविग्य रहेका छन |

lok

 

सुमी घिमिरे सापकोटाको अध्यक्षतामा गठित यूरोप शाखामा बरिष्ट उपाध्यक्षमा भगवान भुजेल(पोर्तुगल),प्रथम उपाध्यक्षमा नबिन भट्टराई (फिनल्याण्ड) र दोस्रो उपाध्यक्षमा पूर्ण अर्याल (पोर्तुगल) सर्बसम्मत चयन भएका छन्। यस्तै महासचिबमा शिब सुबेदी (फ्रान्स),सचिव दिपक बुढाथोकी (पोर्तुगल),कोषाध्यक्ष बिनिता लामिछाने (फिनल्याण्ड) र सह कोषाध्यक्षमा शम्भु सिलवाल (पोर्तुगल) चुनिएका थिय ।
त्यस्तै गरेर सदस्यहरुमा सुबासचन्द्र पुन (पोर्तुगल),ईमानसिंह बुढा मगर (पोर्तुगल),अनिता राना (पोर्तुगल),सिता सुबेदी (नर्बे), रुक्मिणी भट्टराई (फिनल्याण्ड),भुवन अछामी (स्पेन),कुल मगर (बेल्जियम) तेज गाहा मगर (पोर्तुगल),लालमती गुरुङ(पोर्तुगल),दुर्गा थापा (पोर्तुगल),बिनोद भण्डारी (फिनल्याण्ड),लिल गुरुङ (पोर्तुगल),अंकिता मगर(पोर्तुगल),आशिष परियार (पोर्तुगल),प्रेम गुरुङ (पोर्तुगल) र बिनोद मगर पोर्तुगल) सर्बसम्मत चयन भएका थिय । राजेन्द्र लम्साललाई संरक्षक र प्रबक्तामा जे.बी.ओली , सल्लाहकारहरुमा मुक्त बहादुर गुरुङ (स्पेन),भिम कमल केसी (पोर्तुगल),लव थापा (जर्मनी),शिब कुमार बरुवाल (बेल्जियम),हेमराज शर्मा (फिनल्याण्ड) र देबीदत्त शर्मा (फिनल्याण्ड) रहेका छन्।

माथिका ब्यक्तिहरु मध्य अधिकांस लोक तथा दोहोरि क्षेत्रमा कार्यरत नभयको बुझ्नमा आयको छ | यो क्षेत्रमा राम्रो संग अगाडी नबढेको र केन्द्रको निर्णय ,विधान विपरित अगाडी बढेको सस्थाको अस्तित्व के कस्तो रहने हो त्यो आगामी दिनले देखाउनेछ |