रुपन्देहीमा ६५.०५ प्रतिशत मतदान

1.3K

रुपन्देहीमा ६५.०५ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा ६५.०५ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लाभर कुल ४ लाख ३७ हजार ९६३ मत खसेको छ ।
जिल्लामा रहेका कुल ६ लाख ७२ हजार ५२३ मतदातामध्ये २ लाख १० हजार ५४३ पुरुष, २ लाख २७ हजार ४१७ महिला र ३ जना अन्यले मतदान गरेका हुन्।
निर्वाचन क्षेत्रगत विवरणअनुसार रुपन्देही-१ मा ९७ हजार ३९१ मत (६६.३१%), रुपन्देही-२ मा ८६ हजार ६१५ मत (६४.१७%), रुपन्देही-३ मा ९५ हजार ३८७ मत (६८.०४%), रुपन्देही-४ मा ७६ हजार ९१२ मत (६६.१७%) र रुपन्देही-५ मा ८१ हजार ६५८ मत (६०.७०%) मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रुपन्देहीमा ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, १६ स्थानीय तह र १५५ वडामा २०९ मतदान स्थल र ७३२ मतदान केन्द्रमा मतदान भएकाे थियाे । जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।