काठमाण्डाैं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार रञ्जु दर्शना विजयी भएकी छन् । दर्शनाकाे जितसंगै रास्वपाले जितको खाता खाेलेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे । त्यस्तै राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे ।
यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।