मतगणना जारी : धेरै क्षेत्रमा रास्वपा अगाडि

1.3K

मतगणना जारी : धेरै क्षेत्रमा रास्वपा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी रहँदा प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै क्षेत्रमा अगाडि देखिएको छ । प्राप्त पछिल्लो विवरणअनुसार रास्वपा १ जित सहित ४१ निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै अघि बढिरहेको छ ।
रास्वपाका तर्फबाट काठमाडौंका अधिकांश क्षेत्रमा अग्रता देखिएको छ । काठमाडौं–१ मा रञ्जु न्यौपाने निर्वाचित भईसकेकी छन् भने काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट अगाडि छन् ।
त्यस्तै भक्तपुर–१ मा रुकेश रञ्जित, भक्तपुर–२ मा राजीव खत्री, ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्की अग्रस्थानमा छन् ।
अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । चितवन–२ मा रवि लामिछाने, झापा–५ मा बालेन्द्र शाह, झापा–२ मा इन्दिरा राना मगर, तनहुँ–१ मा स्वर्णिम वाग्ले, मोरङ–४ मा सन्तोष राजवंशी, मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–५ मा आशा झा, मोरङ–३ मा गणेश कार्की, महोत्तरी–१ मा प्रमोदकुमार महतो लगायतका उम्मेदवार अगाडि छन् ।
यस्तै बाँके–१ मा सुरेशकुमार चौधरी, कास्की–१ मा खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा बिना गुरुङ, चितवन–३ मा सोविता गौतम, रूपन्देही–२ मा सुलभ खरेल, रूपन्देही–३ मा डा. लेखजंग थापा र रूपन्देही–५ मा तौफिक अहमद खान पनि अगाडि रहेको विवरण प्राप्त भएको छ ।
यसैबीच नेकपा एमाले पाँच क्षेत्रमा अग्रता कायम गर्दै दोस्रो स्थानमा देखिएको छ । रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा–१ मा मीनप्रसाद गुरुङ, तेह्रथुम–१ मा भानुभक्त ढकाल र चितवन–१ मा दावा दोर्जे लामा अगाडि छन् ।
नेपाली काँग्रेस चार क्षेत्रमा अग्रता लिइरहेको छ । ललितपुर–१ मा उदयशमशेर राणा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह, कैलाली–१ मा जनकराज चौधरी र रसुवा–१ मा मोहन आचार्य अग्रस्थानमा छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्र दुई क्षेत्रमा अगाडि छ । एक निर्वाचन क्षेत्र रहेकाे रुकुम पूर्वमा पुष्पकमल दाहाल र कालीकोटमा महेन्द्रबहादुर शाही अग्रता लिइरहेका छन् ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुम्ला क्षेत्रमा अगाडि देखिएको छ, जहाँ ज्ञानेन्द्र बहादुर शाही अग्रस्थानमा छन् ।
देशभर मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन आउन सक्ने निर्वाचन अधिकृतहरूले बताएका छन् ।