काँग्रेसले पनि खाता खाेल्याे : मुस्ताङ्मा योगेश गौचन थकाली विजयी

1.3K

काँग्रेसले पनि खाता खाेल्याे : मुस्ताङ्मा योगेश गौचन थकाली विजयी

प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली काँग्रेसका उम्मेदवार याेगेश गाैचन थकाली निर्वाचित भएका छन् । मुस्ताङ्मा याेगेशले ३ हजार ३०७ मतसहित कांग्रेसका उम्मेदवार थकाली निर्वाचित भएका हुन् । तर मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिकता घोषणा गर्न भने बाँकी छ ।
नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याएका छन् । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।
राप्रपाका कमला लालचनले १६१ मत ल्याए भने नेकपाका ङुटुक गुरुङले १५१ मत ल्याउँदा । जम्मा मतदाता ११ हजार ३२८ मत रहेको मुस्ताङमा ६ हजार ३८८ मत खसेको थियो । यस अघि काठमाण्डाैं १ मा रास्वपाकी रञ्जु दर्शना निर्वाचित भएकी छन् ।