नेकपाले पनि खाता खाेल्याे : रुकुम पुर्वमा पार्टी संयाेजक प्रचण्ड निर्वाचित

1.3K

नेकपाले पनि खाता खाेल्याे : रुकुम पुर्वमा पार्टी संयाेजक प्रचण्ड निर्वाचित

नेपाली कम्युनिष्ट पार्टीले पनि खाता खाेलेकाे छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्यमा रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड १० हजार २४० मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणी गौतमले ३ हजार ४६२ मत पाएका छन् । त्यस्तै नेपाली काँग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।
उक्त निर्वाचन क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।
अहिलेसम्म ६ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फकाे परिणाम आएकाे छ । जसमा रास्वपाले ३ वटा क्षेत्रमा जित निकालेकाे छ भने काँग्रेसले २ र नेकपाले १ स्थानमा जित निकालेकाे हाे ।  रास्वपाका उम्मेद्वारहरु काठमाण्डाैं १ मा रञ्जु दर्शना, काठमाण्डाैं ६ मा शिशिर खनाल र काठमाण्डाैं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् भने नेपाली काँग्रसका उम्मेद्वारहरु मुस्ताङ् १ मा याेगेश गाैचन थकाली र मनाङ् १ मा टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।