जेनजी आन्दोलन छानबिन समितिले प्रतिवेदन बुझाइयो :  सरकारले कार्यान्वयन गर्ला ?

1.3K

जेनजी आन्दोलन छानबिन समितिले प्रतिवेदन बुझाइयो :  सरकारले  कार्यान्वयन गर्ला  ?

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की लाई बुझाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाइने बताएकी छन्। उनका प्रेस सल्लाहकार राम रावलका अनुसार प्रतिवेदन अध्ययनपछि सरकारको आधिकारिक धारणा सार्वजनिक गरिनेछ ।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगले तेस्रो पटक थपिएको म्याद सकिनु एक दिनअघि प्रतिवेदन बुझाएको हो । म्याद पटक–पटक थपिँदै आएकाे आयोगले नसर्वाचनकाे अन्तिम परिणाम आउदै गर्दा प्रतिवेदन बुझाएको हो ।
जेनजी आन्दोलनपछि अन्तरिम चुनावी सरकार गठन भएसँगै असोज ५ मा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगको नेतृत्व गौरीबहादुर कार्कीले गरेका थिए भने सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी रहेका छन् ।
आयोगले आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य, जिम्मेवारी निर्धारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका उपायबारे सुझाव दिएको अनुमान गरिएको छ । तर प्रतिवेदनको पूर्ण विवरण भने अझै सार्वजनिक गरिएको छैन ।
अब प्रतिवेदन कार्यान्वयन गर्ने वा त्यसलाई थप अध्ययनका लागि राख्ने भन्ने विषयमा सरकारको निर्णयलाई राजनीतिक र नागरिक समाजले चासोका साथ हेरेका छन् ।