देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

1.3K

देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू-भाग नजिकको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदली छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।
त्यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।