रास्वपालाई अभूतपूर्व जनमत : संसदमा दुईतिहाई नजिक

1.3K

रास्वपालाई अभूतपूर्व जनमत : संसदमा दुईतिहाई नजिक

यहि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत १६५ निर्वाचन क्षेत्रको परिणाम आईसकेको छ भने ११० सिटको समानुपातिक निर्वाचन प्रणालीको परिणाम आउने अन्तिम चरणमा छ । प्रत्यक्षको सिटसंख्या र समानुपातिक तर्फको मतका आधारमा रास्वपा दुईतिहाईको नजिक देखिएको छ ।
प्रत्यक्ष तर्फको निर्वाचन परिणामले रास्वपालाई अभूतपूर्व जनमत प्राप्त भएको छ । प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र मध्ये रास्वपाले १२५ निर्वाचन क्षेत्रमा जित निकालेको छ । यो संख्या प्रत्यक्ष तर्फ ७५.७६ प्रतिशत हो ।
प्रत्यक्ष तर्फ नेपाली काँग्रेस १८ (१०.९ प्रतिशत), नेकपा एमाले ९ (४.४५ प्रतिशत, नपाली कम्युनिष्ट पार्टी ८ (४.८४ प्रतिशत) र राप्रपा १ (०.६ प्रतिशत) सिटमा खुम्चिएका छन् । त्यस्तै नयाँ दल श्रम संकृति पार्टीले ३ (१.८१ प्रतिशत) निर्वाचन क्षेत्रमा जित निकालेको छ ।
समानुपातिक तर्फ इलाम १ र गोरखा १ को मतगणना जारी छ । समानुपातिकतर्फ अहिलेसम्म एक करोड सात लाख ३२ हजार ९३२ मत गण्ना भईसकेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५१ लाख ३६ हजार ६७४ मत पाएको छ । त्यस्तै प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको नेपाली काँग्रेसले १७ लाख ४८ हजार ३३६, ९ सिटमा झरेको नेकपा एमालेले १४ लाख ४८ हजार ४१२ मत पाएका छन् ।
त्यसैगरी प्रत्यक्षमा ८ स्थानमा जित निकालेको नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ४ हजार १७१ मत प्राप्त गरेको छ । नयाँ खुलेको दल श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७ मत पाएको छ भने राप्रपाले ३ लाख ७४ हजार ३१४ मत ल्याएको छ । यस बाहेक अन्य कुनैपनि दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेनन् । मधेशवादी दलहरु प्रत्यक्षमा समेत पत्तासाफ भए ।

२०८२ फागुन २१ मा सम्पन्न प्रतिनीधि सभा निर्वाचन

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित – १२५

१, बालेन्द्र शाह (बालेन), झापा – ५
२, इन्दिरा राना मगर, झापा – २
३, सोविता गौतम, चितवन – ३
४, डा. लेखजंग थापा, रूपन्देही – ३
५, हरि ढकाल, चितवन – १
६, लालविक्रम थापा, सुनसरी – २
७, सुलभ खरेल, रूपन्देही – २
८, रुविना आचार्य, मोरङ – ६
९, सुनिल लम्साल, रूपन्देही – १
१०, रवि लामिछाने, चितवन – २
११, बदनकुमार भण्डारी, काभ्रे – २
१२, राजन गौतम, नवलपुर – १
१३, ठाकुर सिंह थारु, बर्दिया – १
१४, राजकिशोर महतो, धनुषा – ४
१५, अशोककुमार चौधरी, सुनसरी – ३
१६, नरेन्द्र साह कलवार, सर्लाही – ३
१७, निशा डाँगी, झापा – १
१८, विक्रम खनाल, नवलपरासी – १
१९, कमल सुवेदी, दाङ – ३
२०, नीतिमा भण्डारी (कार्की), सर्लाही – १
२१, नरेन्द्रकुमार गुप्‍ता, नवलपरासी – २
२२, मनिष झा, धनुषा – ३
२३, शम्भुप्रसाद ढकाल, झापा – ४
२४, विपिनकुमार आचार्य, दाङ – २
२५, तोसीमा कार्की, ललितपुर – ३
२६, दीपककुमार साह, सुनसरी – ४
२७, देवराज पाठक, दाङ – १
२८, रविन महतो, सर्लाही – २
२९, राजीव खत्री, भक्तपुर – २
३०, रामविनोद यादव, धनुषा – २
३१, मनीष खनाल, नवलपुर – २
३२, बब्लु गुप्ता, सिराहा – १
३३, रहबर अन्सारी, बारा – ४
३४, कृष्णकुमार कार्की, मोरङ – २
३५, सन्तोष राजवंशी, मोरङ – ४
३६, अरबिन्द साह, बारा – ३
३७, गणेश धिमाल, बारा – १
३८, खड्कराज पौडेल, कास्की – १
३९, शिवशंकर यादव, सिराहा – २
४०, जगदीश खरेल, ललितपुर – २
४१, आसिका तामाङ, धादिङ – १
४२, तौफिकअहमद खान, रूपन्देही – ५
४३, प्रकाश पाठक, झापा – ३
४४, पुष्पाकुमारी चौधरी, सप्तरी – १
४५, स्वर्णिम वाग्ले, तनहुँ – १
४६, बिना गुरुङ, कास्की – ३
४७, प्रदीप विष्‍ट, काठमाडौं – १०
४८, गणेश कार्की, मोरङ – ३
४९, गणेश पौडेल, रौतहट – ४
५०, सीताराम साह, सप्तरी – ४
५१, तपेश्वर यादव, सिराहा – ४
५२, प्रकाश गौतम, मकवानपुर – १
५३, अमरेशकुमार सिंह, सर्लाही – ४
५४, चन्दनकुमार सिंह, बारा – २
५५, डोलप्रसाद अर्याल, काठमाडौं – ९
५६, हरिप्रसाद भुसाल, अर्घाखाँची – १
५७, प्रमोदकुमार महतो, महोत्तरी – १
५८, सुनिल के.सी., काठमाडौं – २
५९, मोहनलाल आचार्य, कपिलवस्तु – १
६०, दिपकराज बोहरा, कञ्चनपुर – २
६१, धर्मराज केसी, लमजुङ – १
६२, रुकेश रञ्जित, भक्तपुर – १
६३, अमरकान्त चौधरी, सप्तरी – ३
६४, सुरेशकुमार चौधरी, बाँके – १
६५, दीपककुमार साह, महोत्तरी – २
६६, श्रीराम न्यौपाने, तनहुँ – २
६७, उज्‍ज्‍वलकुमार झा, महोत्तरी – ३
६८, जगदीश खरेल, दोलखा – १
६९, शम्भुकुमार यादव, सिराहा – ३
७०, अच्युतम लामिछाने, नुवाकोट – २
७१, आनन्‍दबहादुर चन्‍द, कैलाली – ५
७२, उत्तमप्रसाद पौडेल, कास्की – २
७३, रमेशकुमार सापकोटा, सुर्खेत – २
७४, सुशीलकुमार कानु, पर्सा – २
७५, सस्मित पोखरेल, काठमाडौं – ५
७६, पारशमणि गेलाल, उदयपुर – १
७७, आशा झा, मोरङ – ५
७८, गौरी कुमारी, महोत्तरी – ४
७९, प्रशान्त उप्रेती, मकवानपुर – २
८०, सुधन गुरुङ, गोरखा – १
८१, रामाकान्तप्रसाद चौरसिया, पर्सा – ३
८२, श्रीधर पोख्रेल, बर्दिया – २
८३, सागर ढकाल, गुल्मी – १
८४, मधुकुमार चौलागाई, काभ्रे – १
८५, खगेन्द्र सुनार, बाँके – ३
८६, पुकार बम, काठमाडौं – ४
८७, धनञ्जय रेग्मी, स्याङ्जा – १
८८, राजेशकुमार चौधरी, रौतहट – १
८९, खेमराज कोइराला, कैलाली – ४
९०, रामजी यादव, सप्तरी – २
९१, कन्हैया बनियाँ, रूपन्देही – ४
९२, टेकबहादुर शाक्य, पर्सा – ४
९३, शिशिर खनाल, काठमाडौं – ६
९४, गणेश पराजुली, काठमाडौं – ७
९५, विक्रम थापा, कपिलवस्तु – २
९६, सुशान्त वैदिक, प्युठान – १
९७, यज्ञमणी न्यौपाने, मोरङ – १
९८, रवीन्‍द्र पटेल, रौतहट – ३
९९, बुद्धिप्रसाद पन्त (हरि), पर्सा – १
१००, ज्ञानेन्द्र सिंह महता, कञ्चनपुर – ३
१०१, माधवबहादुर थापा, पाल्पा – २
१०२, कविन्द्र बुर्लाकोटी, गोरखा – २
१०३, सागर भुसाल, पर्वत – १
१०४, बोधनारायण श्रेष्‍ठ, धादिङ – २
१०५, झविलाल डुम्रे, स्याङ्जा – २
१०६, कृष्णहरि बुढाथोकी, रामेछाप – १
१०७, विराजभक्त श्रेष्ठ, काठमाडौं – ८
१०८, भरतप्रसाद पराजुली, सिन्धुपाल्चोक – १
१०९, जनक सिंह धामी, कञ्चनपुर – १
११०, बुद्धरत्न महर्जन, ललितपुर – १
१११, विक्रम तिमिल्सिना, नुवाकोट – १
११२, हरिमोहन भण्डारी, बैतडी – १
११३, सुशील खड्का, बाग्लुङ – १
११४, जगतप्रसाद जोशी, कैलाली – ३
११५, ताराप्रसाद जोशी, डडेलधुरा – १
११६, केपी खनाल, कैलाली – २
११७, राजुनाथ पाण्डे, काठमाडौं – ३
११८, आशिष गजुरेल, सिन्धुली – २
११९, कोमल ज्ञवाली, कैलाली – १
१२०, गोविन्द पन्थी, गुल्मी – २
१२१, धनेन्द्र कार्की, सिन्धुली – १
१२२, रञ्जु न्‍यौपाने, काठमाडौं – १
१२३, सूर्यबहादुर तामाङ्ग, उदयपुर – २
१२४, विश्‍वराज पोखरेल, ओखलढुंगा – १
१२५, सोम शर्मा, बाग्लुङ – २

नेपाली काँग्रेसबाट निर्वाचित – १८

१. मो. फिरदोश आलम, रौतहट – २
२. विष्णुबहादुर खड्का, सुर्खेत – १
३. अभिषेकप्रताप शाह, कपिलवस्तु – ३
४. खड्कबहादुर बुढा, जाजरकोट – १
५. सन्दीप राना, पाल्पा – १
६. नरेन्द्रकुमार केरुङ, पाँचथर – १
७. जनकराज गिरी, बाजुरा – १
८. भरतबहादुर खड्का, डोटी – १
९. प्रकाश सिंह कार्की, सोलुखुम्बु – १
१०. बासना थापा, दैलेख – १
११. सन्तोष सुब्बा, तेह्रथुम – १
१२. भरतकुमार स्वार, अछाम – १
१३. मोहन आचार्य, रसुवा – १
१४. जयपति रोकाया, हुम्ला – १
१५. योगेश गौचन थकाली, मुस्ताङ – १
१६. टेकबहादुर गुरुङ, मनाङ – १
१७, निश्कल राई, इलाम – १
१८, खड्ग शाही, मुगु – १

नेकपा एमालेबाट निर्वाचित – ९

१. मोहम्मद इश्तियाक राई, बाँके – २
२. सुहाङ नेम्बाङ, इलाम २
३. गणेश सिंह ठगुन्ना, दार्चुला – १
४. ऐनबहादुर महर, बझाङ – १
५. राजेन्द्रकुमार राई, धनकुटा – १
६. क्षितिज थेबे, ताप्लेजुङ – १
७. लक्ष्मीप्रसाद पोखरेल, दैलेख – २
८, अर्जुनकुमार कार्की, संखुवासभा – १
९, यज्ञबहादुर बोगटी, अछाम – २

नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित – ८

१. वर्षमान पुन, रोल्पा – १
२. रमेशकुमार मल्ल, सल्यान – १
३. गोपाल शर्मा, रूकुम पश्चिम – १
४. महेन्द्रबहादुर शाही, कालीकोट – १
५. पुष्पकमल दाहाल प्रचण्ड, रूकुम पूर्व – १
६. धनबहादुर बुढा, डोल्पा – १
७, युवराज दुलाल, सिन्धुपाल्चोक – २
८, मात्रिकाप्रसाद यादव, धनुसा – १

श्रम संस्कृति पार्टीबाट निर्वाचित – ३

१. हर्कराज सामपाङ, सुनसरी – १
२, आरेन राई, खोटाङ – १
३, ध्रुवराज राई, भोजपुर – १

राप्रपाबाट निर्वाचित – १

१. ज्ञानबहादुर शाही, जुम्ला – १

स्वतन्त्र निर्वाचित – १

१. महावीर पुन, म्याग्दी – १