बुटवलमा आगामी चैत १ गतेदेखि ‘बुटवल महामेला’ हुने भएको छ। फर्वाड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा चैत १ गतेदेखि २४ गतेसम्म मेला सञ्चालन गरिने आयोजकले जनाएको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । बुटवल–११ देवीनगरस्थित रंगशालामा आयोजना हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ ।
मेलामा जलपरी कपल डान्स, ‘बुज खफिफा’ प्रस्तुति, लुम्बिनीको प्रतिमा सहितको सचिवालय, टिकटक प्रतियोगिता तथा डान्स प्रतियोगिता लगायतका आकर्षण रहने आयोजक संस्थाका अध्यक्ष गोविन्द भुषालले जानकारी दिए ।
आयोजकका अनुसार मेलामा करिब ५ लाख दर्शकले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।