नेकपा एमालेले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिक प्रणालीबाट चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ ।
शनिबार पार्टी अध्यक्ष केपि शर्मा ओलीकाे भक्तपुरस्थित गुण्डु निवासमा बसेको सचिवालय बैठकले विभिन्न समावेशी समूहबाट चयन हुने उम्मेदवारहरूको नामावली तय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार संविधानमा व्यवस्था गरिएको समावेशी प्रतिनिधित्वको आधारमा जनजाति, खस-आर्य, थारु, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी १६ जनाको नाम टुंग्याइएको हो ।
एमालेले सिफारिस गरेका नामहरू निर्वाचन आयोगमा पठाइएपछि औपचारिक प्रक्रिया पूरा गरी उनीहरूलाई प्रतिनिधि सभाको समानुपातिक सांसदका रूपमा घोषणा गरिनेछ ।
जनजाति (महिला)
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
जनजाति (पुरुष)
– रामबहादुर थापा मगर
– कुलभक्त शाक्य
खस–आर्य (महिला)
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
खस–आर्य (पुरुष)
– गुरु प्रसाद बराल
– पुष्पराज कंडेल
थारु (पुरुष)
– कृपाराम राणा
दलित (महिला)
– विष्णुमाया वी.के.
– नीता घटानी
मधेसी (महिला)
– रिङ्ला यादव
– यशोधा कुमारी यादव
मधेसी (पुरुष)
– चन्द्रेश्वर मण्डल
मुस्लिम (महिला)
– साजिदा सिद्दीकी