नेपाली काँग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फ सांसद छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य चयन गर्न बैठक आह्वान गरिएको हो ।
बैठक आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकले समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाइने सांसदहरूको नाम टुंग्याउने छ। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ मा १८ सिटमा खुम्चिएकाे काँग्रेले समानुपातिक तर्फ २० सिट ल्याएकाे छ ।
प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएपछि काँग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो ।