राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ५७ जनाको नाम टुंगो लगाएको छ । समानुपातिक निर्वाचिन प्रणालीबाट निर्वाचित हुने ११० जनामध्ये ५७ जना रास्वपाबाट निर्वाचित भएका छन् ।
पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट ४८ जना महिला र ९ जना पुरुष सहित ५७ जनाको नाम छनौट गरेको हो । पार्टीको आज (आईतबार) बसेको सचिवालय बैठकले खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी गराएका छन् ।
उनका अनुसार छनौट भएका ५७ जनाको आम आजै निर्वाचन आयोगमा बुझाईने छ । कुन कुन क्लस्टरमा को को परे भन्ने विषयमा भने खुलाईएको छैन । निर्वाचन आयोगले रुजु गरेर अनुमोदन भएपछि मात्रै नाम सार्वजनिक गरिने उनले जानकारी दिए ।