पालिका अध्यक्ष कुँवरद्वारा क्यान्सर पीडित खड्काकाे उपचारमा आर्थिक सहयोग

1.3K

पालिका अध्यक्ष कुँवरद्वारा क्यान्सर पीडित खड्काकाे उपचारमा आर्थिक सहयोग

क्यान्सर राेग उपचाररत गुल्मी मदाने ६ पैयापाटाकी ताेकी खड्कालाई गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले आर्थिक सहयाेग गरेका छन् । गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ पैयापाटाका लालबहादुर खड्काकी श्रीमती क्यान्सर पिडित ७२ वर्षीया तोकी खड्काकाे हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेकाे छ ।
उनको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले मदाने गाउँपालिकाका आर्थिक सहयाेग गरिएकाे बताए । उनले आफूले पालिकाबाट पाउने सुविधामध्येबाट १० हजार रुपैया सहयाेग गरेका हुन् ।
अध्यक्ष कुँवरले उपचाररत खड्काको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने शुभेच्छा व्यक्त गर्दै सानो सहयोगले उपचार प्रक्रियामा केही राहत पुग्ने विश्वास व्यक्त गरे । परिवारका सदस्यले भने कठिन अवस्थामा प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहेका कुँवरले पालिकाकाे अध्यक्षमा निर्वाचित भएपछि पालिकाबाट प्राप्त हुने सुविधा वापतकाे पैसा पार्टीकाे खातामा जम्मा हुने व्यवस्था मिलाएका छन् । त्यसरी पार्टीकाे खातामा आएकाे पैसा पार्टी समितिकाे निर्णयमा गरिव तथा विपन्न नागरिककाे उपचार, राहत तथा विपदका परेकालाई सहयाेग गर्दै आएकाे उनले जानकारी दिए ।