मदानेका अध्यक्ष कुँवरद्वारा क्यान्सर ग्रसित अनिताको उपचारमा आर्थिक सहयोग

1.3K

मदानेका अध्यक्ष कुँवरद्वारा क्यान्सर ग्रसित अनिताको उपचारमा आर्थिक सहयोग

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले क्यान्सर रोगबाट ग्रसित बाझकटेरीकी १५ वर्षीया अनिता झाक्रीको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत मदाने गाउँपालिका वडा नं. २ बाझकटेरी मालिकास्थान निवासी अनितालाई पालिका अध्यक्ष कुँवरले अस्पतालमै पुगेर उपचारका लागि १० हजार रुपैंया सहायता प्रदान गरेका हुन् ।
मदाने २ बाझकटेरी मालिकास्थान निवासी टिकाबहादुर झाक्रीकी १५ वर्षीया छोरी अनिताको भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । गाउँपालिका अध्यक्ष कुँवरले पालिकाबाट आफूले प्राप्त गर्ने सुविधामध्येको रकमबाट १० हजार रुपैंया प्रदान गरेका हुन् । अध्यक्ष कुँवरले अनिताको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहेको कुवँरले आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि पालिकाबाट आफूले प्राप्त गर्ने सुविधा वापतको रकम पार्टीको खातामा आउने व्यवस्था मिलाएका छन् । त्यसरी पार्टीको खातामा आएको रकम पार्टी समितिको निर्णयमा गरिव तथा विपन्न परिवारका लागि स्वास्थ्य, शिक्षा तथा राहत सहयोगमा प्रदान गर्दै आएको उनले बताए ।