ग्यास विक्रेतामाथि निगमको कडा निगरानी : दैनिक कारोवार विवरण बुझाउन निर्देशन

1.3K

ग्यास विक्रेतामाथि निगमको कडा निगरानी : दैनिक कारोवार विवरण बुझाउन निर्देशन

नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन बिक्रेतामाथि निगरानी कडा बनाएको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण ग्यास अभावको गुनासो बढेपछि निगमले दैनिक कारोबार विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन दिएको हो ।
रुपन्देहीको भलवारीस्थित प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका सबै ग्यास डिलरलाई उद्योगबाट प्राप्त र उपभोक्तालाई बिक्री गरिएको ग्यासको सम्पूर्ण विवरण हरेक दिन जिल्ला प्रशासन कार्यालय र निगममा बुझाउनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ ।
निगमका लुम्बिनी प्रादेशिक प्रमुख शैलेन्द्र भुषालले कृत्रिम अभाव रोक्न र आपूर्ति प्रणालीलाई पारदर्शी बनाउन यस्तो कदम चालिएको बताएका छन् । उनका अनुसार केही बिक्रेताबाट हुन सक्ने अनियमितता र उपभोक्ताले अत्यधिक मौज्दात गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था प्रभावकारी हुनेछ ।