काँग्रेस सभापति गगनको राजीनामा

1.3K

काँग्रेस सभापति गगनको राजीनामा

नेपाली बाँग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजिनामा दिएका छन् । निर्वाचनमा अप्रत्याशित पराजयकाे नैतिक जिम्मेवारी लिँदै उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
पार्टी स्रोतका अनुसार केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएसँगै थापाले राजीनामा दिएका भए पनि यसबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन । सभापतिको राजीनामाबारे भाेली चैत ६ गते शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय लिने छ ।
राजीनामा दिने निर्णय सभापतिको भए पनि त्यसलाई स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय केन्द्रीय कार्यसमिति बैठकले गर्ने केन्द्रीय समितिका पदाधिकारीहरुले बताएका छन् ।यसअघि पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न काँग्रेस विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको थियो ।
तर उक्त महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जुन हाल विचाराधीन अवस्थामा छ । यद्यपि महाधिवेशनप्रति असहमति जनाएका नेताहरू समेत थापाकै हस्ताक्षरमा सम्पन्न निर्वाचनमा सहभागी भएका थिए ।