सुनको भाउ ताेलामा ५ हजार ४ सय रुपैयाँले घट्यो

1.3K

सुनको भाउ ताेलामा ५ हजार ४ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । बिहीबार एकैदिन प्रतितोला ५ हजार ४ सय रुपैयाँले घट्दै सुनको भाउ ३ लाख २ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन केही सातायता निरन्तर ओरालो लाग्दै आएको छ । यसअघि गत माघ १५ गते सुनले हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम गरेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला १४० रुपैयाँले सस्तो हुँदै ५ हजार १० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ पनि पछिल्लो समय घट्दो क्रममा देखिएको छ ।
चाँदीले पनि माघ १५ गते नै उच्चतम मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै पछिल्लो समय सुनचाँदीको मूल्यमा उतारचढाव बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।