समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

1.3K

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

सम्पन्न प्रतिनीधि सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएको सांसदहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ । आयोगले बिहिबार कार्यक्रमको आयोजना गरी उनीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।
आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७, नेपाली काँग्रेसबाट २०, एमालेबाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टी र राप्रबाट समान चार चार जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् ।
प्रत्यक्षमा निर्वाचित भएकाहरुलाई यस अंगाडि नै निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमै प्रमाण पत्र प्रदान गरिसकेको छ । १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचन प्रणालीमा रास्वपाबाट १२५, नेपाली काँग्रेसबाट १८, एमालेबाट ९, नेकपाबाट ८, श्रम संस्कृति पार्टीबाट ३, राप्रपाबाट १ र स्वतन्त्र १ जना निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदन आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको छ । राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई बाटो खुल्ने हुनेछ ।