विभागीय नीति तथा निर्देशनलाई आत्मसात् गर्दै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनी पुरस्कृत भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मरासिनीलाई नगद रु. २ हजार ४ सय सहित सम्मान गरेका हुन् ।
नेपाल प्रहरीभित्र सक्षम र काबिल अधिकृतका रूपमा परिचित मरासिनी उच्च मनोबलका साथ फिल्डमा सक्रिय रहने वरिष्ठ अधिकृतका रूपमा चिनिन्छन् । उनले विभिन्न आपराधिक घटनाको सूक्ष्म अध्ययन तथा सफल अनुसन्धानमार्फत आफ्नो व्यावसायिक दक्षता प्रमाणित गर्दै आएका छन् ।
यसअघि पनि उत्कृष्ट कार्यसम्पादनकै आधारमा उनलाई पूर्व प्रहरी महानिरीक्षक दीपक थापाले नगदसहित सम्मान गरेका थिए ।
निर्वाचनका क्रममा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै आइजिपी कार्कीले एसएसपी मरासिनी सहित एआईजीदेखि जवानसम्म ६९ जना प्रहरी कर्मचारीलाई सम्मान गरेका छन् ।