प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

1.3K

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ७८ वर्षीय केसीलाई शपथ ग्रहण गराएका हुन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।
राष्ट्रपतिबाट सपथ लिएका प्रतिनीधि सभा सदस्य केसीले भोली बिहिबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म प्रतिनिधि सभा बैठक केसीकै अध्यक्षतामा हुनेछ ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन् ।