एन आर एन बेल्जियमका केहि पदाधिकारीहरुले बिधान बिपरित कार्य गरेका छन् । यसरि बिधान र मर्म बिपरित जानेहरुमा वर्तमान अदक्ष्य गंगाधर गौतम र महिला उपाधक्ष्य यसोदा थापा देखियका छन |
एन आर एन राष्टिय समन्वय समितिको चुनाब हुँदा ले २ वर्ष सम्म कुनै पनि राजनैतिक संगठन भित्र रहेर कार्य गर्ने नपाइने भनेर निर्देशना जारी गरेको थियो । राजनैतिक संगठनमा संलग्न भएका व्यक्तिले एन आर एनको कुनै पनि पदिय जिम्मेवारी लिन नपाउने र यदि राजनैतिक संघ संगठनमा आबद्ध भए आफ्नो राजिनामा स्विकृत गरेर आनिवार्य प्रस्तुत गर्नु पर्ने भनि निर्देशन दिइएको थियो । तर चुनाव सकिए पस्चात एन आर एन बेल्जियममा मनपरितन्त्र सुरु भएको छ साथै पदाधिकारीहरुले बिधानको अवहेलना गर्न सुरु गरेका छन् ।
एन आर एन बेल्जियमका अध्यक्ष गंगाधर गौतम राजनैतिक दल नेपाली कांग्रेसमा आस्था राख्छन र यस अघि उनी यूरोप महामन्त्री बनेर जनसम्पर्क समिति नर्वेको आधिवेशनमा गएका थिए साथै जनसम्पर्क समिति बेल्जियमको १३ औ महाधिवेशन बाट उनि महाधिवेशन प्रतिनिधि पनि चयन भएका छ्न । के यो सामजिक संगठनका अध्यक्ष राजनैतिक संगठनमा आबद्ध भएको दखिएन र ? के एन आर एनमा महत्वपूर्ण पदिय जिम्मा बहन गरेका व्यक्तीले खुलाम खुला राजनीति गर्न मिल्छ र ? यस बाट के प्रस्ट हुन्छ भने एन आर एन बेल्जियममा राजनीतिक हावी भएको छ ।
त्यती मात्रै होइन एन आर एन बेल्जियम कि महिला उपाध्यक्ष यसोदा थापा पनि जनसम्पर्क समिति बेल्जियमको सदस्य हुनु भएको एन आर एन अध्यक्ष गंगाधर गौतम जनसम्पर्क समिति महाधिवेशन प्रतिनिधि चयन भएको शुभकामना बाट प्रस्ट देख्न सकिन्छ । एन आर एनको बिधान के हो ? नियम के हो ? एन आर एनको चुनाब आघि निकालिएको नियमावलीमा प्रस्ट संग लखिएको छ राजनैतिक संगठनक पदिय जिम्मेवारी लिएका व्यक्तीले एन आर एन उमेअदर बन्न पाइने छैन ।
एन आर एनको चुनाब भन्दा अघि राजनैतिक संगठन छोड्ने र पदिय बहाल भएपछि पुन आफ्नो सामाजिक मुकुण्डो हटाएर राजनैतिक मुकुण्डो लगाउने ? यसरी नियम विपरीत जानेलाई एन आर एनले नैतिक कार्वाही वा बर्खास्त गर्ने नियम छ । सो अनुरुप नियम विपरीत कार्य गर्ने लाई सोहि आनुरुपको कार्वाही हुनु पर्दछ । यसरी बेल्जियम यूरोप कांग्रेसको गढ हुँदा कांग्रेस बाटै एन आर एनमा जानेहरु संग पूर्ण राजनैतिक बाट अलग रहेर नेपाल र नेपालीको लागि काम गर्छन भनेर कसरी विश्वास गर्ने ?