नवनिर्वाचित सांसदहरूले लिए शपथ

1.3K

नवनिर्वाचित सांसदहरूले लिए शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित समारोहमा उनीहरूले औपचारिक रूपमा शपथ लिएका हुन् ।
सभामा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका थिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पाैडेलसंग शपथ लिएका थिए ।
संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली भाषाबाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन् ।
शपथ कार्यक्रममा सांसदहरू आ-आफ्नै सांस्कृतिक पहिचान झल्काउने भेषभूषामा उपस्थित भएका थिए । नयाँ प्रतिनिधिसभाको कार्यकाल सुरु भएसँगै आगामी दिनमा संसद् बैठकमार्फत विधायन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

गएकाे फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना गरि २७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट १८२, नेपाली काँग्रेसबाट ३८, नेकपा एमालेबाट २५, नेपाली कम्युनिष्ट पार्टीबाट १७, श्रम संस्कृति पार्टीबाट ७, राप्रपाबाट ५ र १ जना स्वतन्त्र निर्वाचित भएका छन् ।