बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

1.3K

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ ।
प्रधानमन्त्री बालेन यसअघि नै नियुक्त भइसकेका छन् । उनले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारीसमेत आफ्नै नेतृत्वमा राखेका छन् । मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिईएको छ । शिशिर खनाललाई परराष्ट्र मन्त्रालय, सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, खड्गराज पौडेललाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
त्यस्तैगरी सस्मित पोखरेल शिक्षा विज्ञान, प्रविधि तथा खेलकुद मन्त्रालय, निशा मेहतालाई स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय, डा.विक्रम तिमलसिनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रतिभा रावललाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, गीता चौधरीलाई कृषि, वन, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय, दीपक शाहलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सीता वादीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
नयाँ मन्त्रिपरिषद्ले आजै शपथ ग्रहणसँगै औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ ।