नेपाली काँग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हाे ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि) का अनुसार अनुसन्धानलाई अगाडि बढाउने क्रममा खड्कालाई नियन्त्रणमा लिइएको हो ।
उनी लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा पनि मुछिएका छन् । यसैबीच, जेन-जी आन्दोलनका क्रममा उनको निवासमा भएको आगजनीपछि ठूलो परिमाणमा नगद रकम उडेको दाबी गरिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सोही विषयलाई समेत आधार बनाएर उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार घटनासँग सम्बन्धित विभिन्न पाटोहरूमा विस्तृत छानबिन जारी रहेको छ ।