नेपाल उद्योग वाणिज्य महासंघकाे लुम्बिनी प्रदेश अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठसंग नेपाल उद्याेग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका कपिलवस्तुकाे चन्द्रौटा उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष जमसेर मियाँ पराजित भएका हुन् ।
भैरहवामा शनिबार सम्पन्न महासंघको आठौं प्रदेशसभा तथा अधिवेशनमाबाट प्रदेश अध्यक्षमा निर्वाचित श्रेष्ठले एसोसिएटतर्फ खसेकाे १०२ मतमा ९६ मत, जिल्ला नगरतर्फ खसेकाे ३३ मतमा २१ मत र वस्तुगततर्फ रहेको एकमात्र मत पनि श्रेष्ठले नै पाए ।
अर्का प्रतिस्पर्धी मियाले एसोसिएटतर्फ ६ मत र जिल्ला नगरकाे १२ मत प्राप्त गरे । बाँकी पदमा भने यस अघि नै निर्विराेध भएकाे छ । प्रदेश समितिमा जिल्ला नगर उपाध्यक्ष पदमा दाङ उद्योग वाणिज्य संघका टंकसिंह बुढाथोकी, एशोसियट उपाध्यक्षमा पाल्पाका राजु महर्जन र कोषाध्यक्ष पदमा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने निर्बिरोध भएका हुन् ।
त्यस्तै ५ खुल्ला कार्यसमिति सदस्य पदमा परासीका ओमप्रकास अग्रहरी, प्युठानका माधव भण्डारी र बासगढी बर्दियाका बद्रिनाथ बराल निर्बिराेध निर्वाचित भएकाे निर्वाचन आयुक्त खड्काले जानकारी दिए । उनका अनुसार ५ कार्यसमिति सदस्य पदमा ३ जनाकाे मात्रै उम्मेदवारी परेकाे थियाे ।
त्यस्तै २ एशोसियट सदस्यमा सिद्धार्थ सिमेन्टका सौरभ अग्रवाल र सम्राट एग्रिगेटका युवराज पोखरेल तथा बस्तुत सदस्य पदमा नेपाल भन्सार एजेन्ट संघ रुपन्देहीका कृष्णप्रसाद घिमिरे निर्बिराेध निर्वाचित भएका छन् ।