बुटवल उद्याेग वाणिज्य संघकाे क्यालेण्डर सार्वजनिक

1.3K

बुटवल उद्याेग वाणिज्य संघकाे क्यालेण्डर सार्वजनिक

बुटवल उद्याेग वाणिज्य संघ रुन्देहीले प्रकाशन गरेकाे २०८३ सालकाे क्यालेण्डर सार्वजनिक गरिएकाे छ । संघले आइतबार कार्यक्रमकाे आयाेजना गरेर २०८३ सालकाे लागि प्रकाशन गरेकाे टेवल क्यालेण्डर सार्वजनिक गरेकाे हाे ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवम् कान्ति माध्यमिक विद्यालय बुटवलका अध्यक्ष जीवनप्रसाद वझा, पूर्वअध्यक्षहरु अर्जुनमान सैंजू, निर्मलप्रसाद लाकाैल, नवराज श्रेष्ठ, संघका अध्यक्ष हरिप्रसाद अर्याल सहित पदाधिकारीहरुले सामुहिक रुपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवम् कान्ति माध्यमिक विद्यालय बुटवलका अध्यक्ष वझाले संघले सञ्चालन गर्ने गतिविधिले उद्याेगी व्यवसायिकाे हकहित र उनीहरुका मर्मलाई स्पर्श गर्नुपर्ने बताउँदै बदलिदाे परिस्थिति अनुसार संघकाे काम गर्ने ताैरतरिका, सरकारसंगकाे पैरवी तथा आर्थिक विकासका मुद्धामा समेत फरक ढंगले साेचेर काम गर्नुपर्ने बताए । संघले गरेका कृयाकलाप उद्याेगी व्यवसायीमैत्री रहेकाे बताउँदै उनले संघप्रति उद्याेगी व्यवसायीले गरेका आशा र भराेसा कायम राखिरहन पनि आग्रह गरे ।
त्यस अवसरमा बाेल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले विगत दशकाैं वर्षदेखि संघले निरन्तर रुपमा वार्षिक क्यालेण्डर प्रकाशन गर्दै आएकाे र त्यसैकाे निरनेतरता स्वरुप उद्याेगी व्यवसायीका घरघरमा पुर्यालउने गरि क्यालेण्डर प्रकाशन गरिएकाे जानकारी गराए ।
उनले संघमा पूर्वअध्यक्षहरुकाे उपस्थितिले संघप्रति आम उद्याेगी व्यवसायीलाई आशा र भराेसा दिलाएकाे उल्लेख गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरु अर्जुनमान सैंजू, निर्मलप्रसाद लाकाैल, उद्याेग उपाध्यक्ष सुरज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, पर्यटन परामर्शदाता महेन्द्र थापा, फूड एण्ड वेभरेज बस्तुगत समितिका सभापति दीपक बास्ताेला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
क्यालेण्डर प्रकाशन समितिका संयाेजक काशीराम पाैडेलका अनुसार विगतमा संघले भित्ते क्यालेण्डर प्रकाशन गर्दै आएकाे थियाे । ३ वर्ष अघि आफू क्यालेण्डर प्रकाशन समितिकाे संयाेजकमा चयन भएपछि टेवल क्यालेण्डरकाे कन्सेप्ट अगाडि सारि टेवल क्यालेण्डर प्रकाशन गर्दै आएकाे बताए ।