नवनिर्वाचित सभामुख अर्यालद्वारा पद बहाली

1.3K

नवनिर्वाचित सभामुख अर्यालद्वारा पद बहाली

नवनिर्वाचित सभामुख डोलप्रसाद(डिपि) अर्यालले औपचारिक रूपमा पद बहाली गरेका छन् । आजै (आइतबार) बसेको प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका अर्यालले केहीबेरअघि शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहणसँगै सभामुख अर्यालले संघीय संसद् सचिवालय पुगेर पद बहाली गरेका छन् । पदभार ग्रहणपछि उनले संसदलाई प्रभावकारी, पारदर्शी र जनमुखी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, सबै दलहरूबीच सहमति र सहकार्यको वातावरण निर्माण गर्दै संसदलाई सक्रिय बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।
प्रतिनिधिसभामा विधायन प्रक्रियालाई गति दिने, जनसरोकारका विषयहरूलाई प्राथमिकतामा राख्ने र संसदीय मर्यादालाई उच्च राख्ने दिशामा काम गर्ने उनको भनाइ छ ।