नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालको लागि हुने निर्वाचनमा ७३ पदमा १३३ जनाको उम्मेद्वारी परेको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि यहि चैतको २९ र ३० गते हुने निर्वाचनबाट अध्यक्ष पदमा मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ स्वतः अध्यक्ष हुने छन् ।
बाँकी पदका लागि निर्वाचन हुन लागेको हो । जिल्ला नगर उद्योग वाणिज्य संघबाट निर्वाचित हुने २ उपाध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा झापा उद्योग वाणिज्य संघबाट उमेश डालमिया, दार्चुला उद्योग वाणिज्य संघबाट कल्पना गैरे, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीबाट कृष्णप्रसाद शर्मा, धुलीखेल उद्योग वाणिज्य संघबाट दिलसुन्दर श्रेष्ठ र पोखरा उद्योग वाणिज्य संघबाट सञ्जिवबहादुर कोइरालाले उम्मेदवारी दिएका हुन् ।
त्यसैगरी १ बस्तुगत उपाध्यक्ष पदमा २ जनाको उम्मेद्वारी परेको छ । बस्तुगत उपाध्यक्ष पदमा नेपाल निर्यात परिषदका नरेशलाल श्रेष्ठ र नेपाल एल.पि. ग्यास उद्योग संघका शिवप्रसाद घिमिरेको उम्मेद्वारी परेको छ । त्यसैगरी १ एशोसियट उपाध्यक्ष पदमा पनि २ जनाको उम्मेदवारी परेको छ । एशोसियट उपाध्यक्ष पदमा सयपत्री (मेरीगोल्ड) ज्वेलर्सकी ज्योत्सना श्रेष्ठ सुब्बा र लोमस फर्मास्यूटिकल्स प्रा.लि.का प्रवलजंग पाण्डेको उम्मेद्वारी परेको हो ।
महासंघको हालको विधान अनुसार वरिष्ठ उपाध्यक्ष पदमा उपाध्यक्षबाट लैजाने प्रवाधान छ भने यस पछिका निर्वाचनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाईएको छ ।
त्यसैगरी जिल्ला नगर संघबाट खुल्ला १५ कार्यकारिणी समिति सदस्यमा २४ जनाको उम्मेद्वारी परेको छ । कार्यकारिणी समिति सदस्य पदमा पाचथर उद्योग वाणिज्य संघका दिपक नेपाल, विर्तामोड उद्योग वाणिज्य संघका राजु न्यौपाने, रत्ननगर चितवनका शंकर गिरी, उदयपुरका प्रयास कार्की, दमकका गोकुल श्रेष्ठ, धादिङका विष्णुप्रसाद थपलिया, मकवानपुरका कृष्ण कटुवाल, सिन्धुलीका अर्जुनकुमार श्रेष्ठ, नुवाकोटका ताराबहादुर कार्की, जिरीका सुर्दशन कार्की, कोहलपुरका लक्ष्मणराज पौडेल, डोल्पाका लालीमान बुढा, नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौकी सुष्मा महरा (श्रेष्ठ), पाल्पा रामपुर उद्योग वाणिज्य संघबाट उज्वलप्रसाद कसजू, नवलपरासीबाट केशवप्रसाद भण्डारी, गौरादहबाट जितबहादुर काकी, बागलुङबाट युवराज राजभण्डारी, कास्कीको लेखनाथबाट छत्रधर आत्रेय, बुटवल उद्योग वाणिज्य संघबाट हरिप्रसाद अर्याल, भक्तपुरबाट शिवप्रसाद मानन्धर, धुलिखेलबाट मन्जुकुमार श्रेष्ठ, पाल्पाबाट मोहनप्रसाद श्रेष्ठ, टिकापुरबाट सन्तोष खड्का र नवलपुर उद्योग वाणिज्य संघबाट डासुराज पोखरेलको उम्मेदवारी परेको हो ।
कार्यकारिणी समितिको २ महिला सदस्य पदमा ३ जनाको उम्मेदवारी परेको छ । यो पदमा नुवाकोट उद्योग वाणिज्य संघबाट गिता अमात्य, भक्तपुर उद्योग वाणिज्य संघबाट रोशनी मैया धौवन्जा र पोखरा उद्योग वाणिज्य संघबाट हिरा भट्टराईको उम्मेदवारी परेको छ ।
प्रत्येक प्रदेशबाट २ जनाका लागि जिल्ला, नगर उद्योग वाणिज्य समूहबाट कार्यकारिणी समिति सदस्य पदमा कोशी प्रदेशबाट ईलामका ईश्वरलाल चिपालू, इटहरीका जिवन पराजुली, ईनरुवाका वीरेन्द्रकुमार शाह र त्रियुगाका रमेश विश्वकर्मा गरी ४ जना, मधेशबाट सिरहाका अमरनाथ शाह, लहानका विकाशकुमार सारडा, सर्लाही मंगलहवाका बिरेन्द्रप्रसाद शाह, विरगंजका हरिप्रसाद गौमत र जितपुर सिमराका मोहनप्रसाद शर्मा गरी ५ जनाको उम्मेद्वारी रहेको छ ।
त्यस्तै बागमतीबाट खैराहनीका कुमार खनाल, काभ्रेका प्रकाश मानन्धर, रसुवाका राजकुमार न्यौपाने, दोलखाका रामेश्वर मानन्धर र ललितपुरका सविन श्रेष्ठ गरी ५ जनाको उम्मेद्वारी रहेको छ । गण्डकी प्रदेशबाट वालिङका चेतनारायण श्रेष्ठ, तनहुका प्रविन्द्रकुमार श्रेष्ठ, म्याग्दीका सुविन श्रेष्ठ, मध्यविन्दुका ओमप्रसाद पौडेल र देवचुली उद्योग वाणिज्य संघका धर्मराज बस्याल गरी ५ जनाको उम्मेदवारी परेको छ ।
लुम्बिनी प्रदेश नेपालगंञ्जका टंकबहादुर धामी, रोल्पाका वालकृष्ण सुवेदी र कपिलबस्तुका यज्ञप्रसाद भट्टराई गरी ३ जनाको उम्मेदवारी परेको छ । कर्णाली प्रदेशबाट सुर्खेतका पदमबहादुर शाही, जुम्लाका पुरिचन्द्र देवकोटा र दैलेखका शान्तीप्रसाद शर्मा गरी ३ जनाको उम्मेदवारी परेको छ । सुदुरपश्चिम प्रदेशबाट बझाङका दानबहादुर सुर्मेली, लम्कीचुहाका पदमराज चौलागाई, कञ्चनपुरका पिताम्बर जोशी र कैलालीका शंकरबहादुर बोगटी गरी ४ जनाको उम्मेदवारी परेको छ ।
बस्तुगतबाट निर्वाचित हुने कार्यकारिणी समितिको १३ पदका लागि २७ जनाको उम्मेदवारी परेको छ । यो पदमा नेपाल सिमेन्ट उत्पादक संघका रघुनन्दन मारु, नेपाल औषधी उत्पादक संघका विप्लव अधिकारी, नेपाल संगित उधोग संघका निराजनबहादुर चलाउने, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका सुरज वञ्जाडे, नेपाल चामल, तेल, दाल उद्योग संघका सुबोध कुमार गुप्ता, रसायन तथा मेडिकल आपूर्ती संघका भक्तबहादुर हमाल, नेपाल तयारी पोशाक उद्योग संघका पशुपतीदेव पाण्डे, नेपाल फ्रेट फर्वाडर एशोसिएशनका राजेन्द्र संग्रौला, नेपाल कोल्ड स्टोरेज संघका कृष्णभक्त श्रेष्ठ, नेपाल कुरियर सेवा संघका दुर्गाप्रसाद सुवेदी, स्टक ब्रोकर एसोशिएसन अफ नेपालका सागर ढकाल, नेपाल निर्यात परिषद्का हरिबहादुर कार्की, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका लिलेन्द्रप्रसाद प्रधानको उम्मेद्वारी रहेको छ । सोही पदमा नेपाल जग्गा तथा आवास विकास संघका बिदुर धमला, नेपाल बोटल वाटर उधोग संघका ध्रुवबहादुर गौतम, फ्लोरिकल्चर एशोसिएसन नेपालका राजेशभक्त श्रेष्ठ, नेपाल पश्मिना उधोग संघका धनप्रसाद लामिछाने, नेपाल वायोग्यास प्रर्वदन संघका एवबहादुर मगर, नेपाल विउ व्यवसायी संघका वसन्तचन्द्र मरहट्टा, नेपाल कुचो संघका राजकुमार कार्की (राजु), नेपाल प्लाईउड उत्पादक संघका होमप्रसाद घिमिरे, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका धर्मराज सापकोटा, नेपाल दाना उधोग संघका रविन पुरी, नेपाल आईसक्रिम उधोग व्यवसाय संघका अरनिको राजभण्डारी, रेष्टुरेण्ट तथा बार एशोसिएसन नेपालका संघर्ष विष्ट, नेपाल चलचित्र निर्माता संघका नानिराज घिमिरे र नेपाल डेरी एशोसिएसनका प्रल्हाद दाहालको उम्मेद्वारी रहेको छ ।
सोही समुहबाट एक जना महिला सदस्य पदमा सौन्दर्यकला व्यवसायी संघकी कमला श्रेष्ठ र नेपाल कृषि मेसिनरी व्यवसायी संघकी सुनिता न्हेम्हफुकी गरी २ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै बस्तुगत महासंघबाट निर्वाचित हुने २ सदस्य पदका लागि ४ जनाको उम्मद्वारी परेको छ । यो पदमा नेपाल ईटा उद्योग महासंघका कृष्णप्रसाद अवाल, ढुवानी व्यवसायी महासंघका विश्वनाथ खनाल, कम्प्युटर एशोसिएसन नेपाल महासंघकी सुनैना घिमिरे र नेपाल केवल टेलिभिजन महासंघका सुधिर पराजुलीको उम्मेदवारी परेको छ ।
महासंघको कार्यकारिणी समितिमा एशोसिएटबाट निर्वाचित हुने १७ सदस्य पदका लागि ३४ जनाको उम्मेद्वारी परेको छ । यो पदमा शैलेन्द्र गुरागाई (समृद्धि ईनर्जी), जश श्रेष्ठ (जे.ए ग्रुप), सुनिलनारायण श्रेष्ठ (नारायण इण्डष्ट्रिज), देशबन्धु बस्नेत (ए.वि. ईन्भेष्टमेन्ट होल्डिङ्ग) अविनाश बोहरा (एभरेष्ट सोलभेन्ट), सदीप अग्रवाल (ग्लोवल ईम्पेक्स) बलराम सापकोटा (भेगास सिटी ईन्टरटेन्मेन्ट) डा. रामशरण थपलिया (सफिसियन्ट कन्सल्टेन्सी), राजकुमार तिमिर्लसना (भिजन सेक्युरिटिज) बटु लामिछाने (अर्विट ईनर्जी), अम्बिका शर्मा लामिछाने (आशा ईन्भेष्टमेन्ट), राजाराम श्रेष्ठ (नेक्स्ट होल्डिङस), भरत रानाभाट (कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटि), गोपाल खनाल (नेपाल मेगा कलेज एण्ड रिसर्च सेन्टर) सुयस प्याकुरेल (एम एम पोलिमर्स), उज्ज्वलकुमार श्रेष्ठ (पञ्चकन्या कंन्क्रिट प्रिमिक्स प्रा.लि.), हेमन्त गोल्छा (हुलास रेमिटेन्स), डोलप्रसाद अधिकारी (ए.जि. हेल्थ ईण्डष्ट्रिज)को उम्मेद्वारी रहेको छ ।
सोही पदमा रामशरण भण्डारी (हस्पिटल फर एडभान्स्ड् मेडिसिन एण्ड सर्जरी) शक्तिकुमार वेगानी (गणपती ज्वेलर्स नेपाल), राजेशकुमार अग्रवाल (अर्घाखाची सिमेन्ट लिमिटेड), प्रियराज रेग्मी (क्रिष्टल कन्चनजंघा सेक्युरिटिज), कृष्णलाल महर्जन (क्लासिक डायमण्ड ज्वेलर्स) ऋषि अग्रवाल (यती पोलिकेम), सचिन ढकाल (आई.एम ई ग्रुप), अम्बिकाप्रसाद पौडेल (स्काई टच ईन्भेष्टमेन्ट एण्ड कन्सल्टेन्ट), इश्वर बहादुर जि.सी. (एच.डि. ईण्डष्ट्रिज), शुसिल थापा (साहस उर्जा लि.), दिवश न्यौपाने (सर्वोत्तम सिमेन्ट), सुरज उप्रेती (एस.आर फूड्स), बाबुकाजी कार्की (बुढानिलकण्ठ हेरिटेज), चन्द्रप्रसाद ढकाल (एस.एम.ई कन्सट्रक्सन), ई. विनोद ढकाल (सम्पदा गार्डेन होटल) र अनुपम राठी (मारुती सिमेन्टस्)को उम्मेद्वारी रहेको छ ।
सोही समुहबाट निर्वाचित हुने २ महिला सदस्य पदका लागि ४ जनाको उम्मेद्वारी परेको छ । जसमा बुकिङ वेज नेपाल प्रा.लि.की अभिज्ञा मल्ल, सन फिटिङ प्रा.लि.की जमुना पौडेल, सेवा सेक्यूरेटिज प्रा.लि.की जुना माथेमा र ग्रिन हिल सिटीकी शोभा ज्ञवालीको उम्मेद्वारी रहेको छ ।
द्वीराष्ट्रिय उवासंघबाट १ सदस्य पदका लागि नेपाल मलेसिया उद्योग वाणिज्य संघका मनोज पौडेल र नेपाल जर्मन उद्योग वाणिज्य संघका सन्तोष चन्द कुँवर गरी २ जना तथा संस्थापक सदस्य समुहबाट २ सदस्य पदका चितवनका सुमनकुमार श्रेष्ठ, सुनसरीका गोपाल श्रेष्ठ र झापाका टिकाराज ढकाल गरी ३ जनाको उम्मेद्वारी परेको छ ।






