पश्चिम नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना

1.3K

पश्चिम नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिम नेपालका केही स्थानमा भारी वर्षाकाे सम्भावना देखिएकाे छ । माैषम पुर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू-भागमा मौसम बदली भएको छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाकाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ ।