समाज रुपान्त्रणको ससक्त माध्यम पत्रकारिता

464

समाज रुपान्त्रणको ससक्त माध्यम पत्रकारिता

fnjबुटवल,  फागुन । मुलुको ऐन नियम र कानुन अनुसार सञ्चालित हुने हो भने पत्रकारिता ससक्त बन्न सक्ने मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन् । समाज रुपन्त्रणकालागि ससक्त माध्यम भएको र शव्द शव्दमा अर्थ हुने हुँदा ईथिक्समा रहेर कमल चलाउन समेत आग्रह गरिएको थियो ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको वर्षिक साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारले समाजको आवश्यकता महसुस गर्ने र जिम्मेवार बोध गरेर कलम चलाउनु पर्ने बिचार व्यक्त गरेका हुन । त्यो जिम्मेवारी बोध गरेर कलम चलाउने हो भने समाज बिकासको ससक्त माध्यम बन्न सक्ने उल्लेख गरेका हुन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सूर्यमणी गौतमले पत्रकारका साझा समस्या पत्रकार हक हितकालागि ऐन नियममा उल्लेख भएका कुराहरुलाई लिएर सरकारलाई पटक पटक ताकेता गरेपनि सरकारले सुनुवाई नगरेको बताउनु भयो । त्यस्तै केन्द्रीय सदस्य दिपेन्द्र कुँवरले ऐन कानुन कार्यान्वयन नगर्ने प्रवृत्ति पत्रकारीता क्षेत्रमा बढी मात्रामा रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले पत्रकारीता मर्यादित हुनुपर्ने भन्दै प्रेस स्वतन्त्रताका लागि सरकारले अंगाडी सारेका कार्यक्रमलाई कायान्वयन गर्ने निकायमा आफू रहेकाले त्यस्ता काममा आफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता व्क्त गर्नुभयो ।
कार्यक्रममा कंग्रेसका महासमिती सदस्य युवराज गिरी, एमाले प्रचार विभाग प्रमुख तेजेन्द्र के.सी, एकिकृत माओबादीका नेता दधिराम न्यौपाने, बुटवल उपमहानगर पालिकाका पुर्व मेयर पुनाराम पोख्रेल, नेपाल पत्रकार महासंघ पश्मिाञ्चल सल्लाहकार खिमानन्द भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार रामराज पोख्रेल, मोहन चापागाई, पूर्व अध्यक्ष बालकृष्ण चापाँगाई, पत्रकार स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, कर्णबहादुर कार्की, बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत धु्रवबहादुर खड्का, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, रुपन्देही ब्यापार संघका अध्यक्ष मोतीलाल पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, प्रेस युनीयन रुपन्देहीका सभापति बिक्रम खड्का, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, क्रान्तिकारी पत्रकार संघ रुपन्देही अध्यक्ष भुवन कार्की, प्रगतीसिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्याम पोख्रेल लगायतले आ–आफनो भनाई राख्नु भएको थियो ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रुद्रहरी कुँवरले गर्नुभएको थियो ।
सोही अवसरमा बुटवल उपमहानगरपालिकाले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७१ बाट पत्रकार दिनेश पाण्डे र बुटवल पब्लिक स्कुलले स्थापना गरेको शिक्षा पत्रकारिता पुरस्कार २०७१ बाट अमृता अनमोललाई प्रदान गरिएको थियो ।