बुटवलकाे बजार क्षेत्रमा फूटपाथ व्यवस्थापनमा सहयाेग गर्न आग्रह गर्दै बुटवल उद्याेग वाणिज्य संघ रुपन्देही फूटपाथ अवराेध हुनेगरी कुनैपनि मालबस्तु नराख्न व्यवसायीलाई आग्रह गरेकाे छ ।
व्यवसायीमैत्री वातावरणमा निर्माणमा पैरवी गर्दै आएकाे संघले यात्रु र उपभाेक्तामैत्री फूटपाथ व्यवस्थापनमा समेत जाेड दिएकाे हाे । संघले संघले सूचना मार्फत व्यवसायीलाई फूटपाथ व्यवस्थापनमा सहयाेग गर्न आग्रह गरेकाे हाे ।
संघले जारी गरेको सूचनामा बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको फुटपाथ व्यवस्थापन अभियानलाई सफल बनाउन सबै पक्षसँग सहकार्यको अपिल गरिएको छ ।
सूचनामा फुटपाथमा राखिएका मालसामान तथा अनधिकृत संरचना हटाउने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ । यस अभियानले पैदलयात्रीलाई सहज आवागमन गराउने र बजारको सौन्दर्य वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
साथै, व्यवसायीहरूलाई आफ्नो सीमाभित्र मात्र सामान राखेर सेवा प्रवाह गर्न आग्रह गरिएको छ, जसले सार्वजनिक स्थान अवरोध नहोस् र व्यवस्थित बजार वातावरण कायम रहोस् भन्ने लक्ष्य राखिएको छ ।