आह्वान भएको भोलिपल्टै संसद् अधिवेशन स्थगित

1.3K

आह्वान भएको भोलिपल्टै संसद् अधिवेशन स्थगित

सरकारले आह्वान गरिएको भोलिपल्टै संसद् अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन स्थगनका लागि सिफारिस गरेपछि सो प्रस्ताव राष्ट्रपति कार्यालयमा पठाइएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार नै संसद् अधिवेशन स्थगन गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । तर, आह्वान भएको भोलिपल्टै अधिवेशन स्थगित भएपछि यस निर्णयले राजनीतिक वृत्तमा चासो बढाएको छ ।