विक्रि वितरणमा राखिएका बस्तुमा अनिवार्य ‘एम.आर.पि’ राख्न प्रशासनको निर्देशन

1.3K

विक्रि वितरणमा राखिएका बस्तुमा अनिवार्य ‘एम.आर.पि’ राख्न प्रशासनको निर्देशन

हरेक मालबस्तुमा अनिवार्य एम.आर.पि. (अधिकतम खुद्रा मुल्य) राख्न प्रशासनले प्रशासनले व्यवसायीलाई निर्देशन गरेको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जिल्लाभित्र बिक्री वितरण हुने सम्पूर्ण उपभोग्य वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्न निर्देशन दिएको हो ।
प्रशासनले नेपाल सरकारका प्रचलित ऐन तथा नियमावलीअनुसार खाद्यान्नसहित सबै उपभोग्य वस्तुमा अधिकतम खुद्रा मुल्य राख्नुपर्ने व्यवस्था स्मरण गराउँदै व्यवसायिक संघसंस्थाहरुलाई बोधार्थ सहित जारी गरिएको सूचनामा उद्योगी तथा व्यवसायीलाई अनिवार्य रूपमा एम.आर.पि. राख्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई प्रभावकारी बनाउने र उपभोक्तालाई ठगी हुनबाट जोगाउने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको जनाएको छ । साथै, निर्देशनको पालना नगर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने समेत संकेत गरिएको छ ।