पाल्पाको तिनाउ गाउँपालिकामा ३.४४ मेगावाट क्षमताको हाइड्रोपावर बन्ने भएकाे छ । भिजन लुम्बिनीको प्रवर्द्धनमा नम: बुद्ध हाइड्राेपावर प्रा.लि.ले ३.४४ मेघावाटकाे हाइड्राेपावर निर्माण थालेकाे हाे ।
७० कराेड लागत अनुमान गरिएकाे आयोजनाका लागि लुम्बिनी विकास बैंकसँग ऋण लगानीसम्बन्धी सम्झौता समेत गरिसकिएकाे छ । भिजन लुम्बिनीले बिहिबार बुछवलमा पत्रकार सम्मेलन गरि हाइड्राेपावर निर्माणकाे प्रकृया पूरा गरि निर्माणकाे चरण सुरु भऐकाे जानकारी गराएकाे हाे ।
भिजन लुम्बिनीका अध्यक्ष जगत पाेखरेलले स्थापनाकाे १० वर्षकाे छाेटाे अवधिमा भिजन लुम्बिनी प्रत्यक्ष रुपमा १२ वटा कम्पनी सञ्चालन गरेकाे र थप ४ वटामा लगानी गरिएकाे जानकारी दिए । उनका अनुसार नम: बुद्ध हाइड्राेमा तिनाउ नदिमा सत्यवती जाने माथिल्लाे बाटाेमा हेडबक्स र सत्यवती जाने तल्लाे बाटाेमा पावर हाउस निर्माण गरिने छ ।
अबकाे डेढ बर्ष भित्रै विद्युत उत्पादन सुरु भइसक्ने लक्ष्य लिइएकाे छ । भिजन लुम्बिनीले यसअघि सफलतापूर्वक सम्पन्न गरेका परियोजनाको अनुभवका आधारमा याे परियाेजना पनि सफल हुने उनले विश्वास व्यक्त गरे ।
अध्यक्ष पोख्रेलले सामूहिक लगानीमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिएको बताए । उनले आयोजना करिब डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी पनि दिए ।