नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार सम्पन्न ६० औं साधारण सभा तथा अधिवेशनसंगै अञ्जन श्रेष्ठ स्वतः अध्यक्षमा निर्वाचित भएका थिए ।
महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार चार उपाध्यक्ष पदमा जिल्ला÷नगरबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ तथा वस्तुगतबाट नरेशलाल श्रेष्ठ तथा एसोसिएटबाट प्रवलजंग पाण्डे विजयी भएका छन् ।
जिल्ला नगरतर्फबाट १५ खुल्ला कार्यकारिणी सदस्यमा हरिप्रसाद अर्याल, उज्ज्वलप्रसाद कसजू, अर्जुनकुमार श्रेष्ठ, केशवप्रसाद भण्डारी, कृष्ण कटवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का र सुदर्शन कार्की निर्वाचित भएका छन् । त्यस्तै जिल्ला नगरबाट २ महिला सदस्यमा गिता अमात्य र हिरा भट्टराई निर्वाचित भएका छन् ।
त्यस्तैगरी जिल्लानगर तर्फ प्रदेशबाट २ जनाका दरले निर्वाचित हुने कार्यकारिणी सदस्य पदमा कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट विरेन्द्रप्रसाद शाह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र कृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा (निर्बिरोध), तथा सुदुरपश्चिमबाट पिताम्बर जोशी निर्वाचित भएका छन् । बाँकी २ जनाको समान मत आएको छ ।
बस्तुगतबाट १३ कार्यकारिणी समिति सदस्यमा अरनीको राजभण्डारी, नानिराज घिमिरे, पशुपतीदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी बस्तुगतबाट १ महिला सदस्यमा सुनिता न्हेम्हाफुकी निर्वाचित भएकी छन् ।
एशोसियटबाट १७ कार्यकारिणी समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जिसी, उज्ज्लकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवस न्यौपाने, पृयराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार वेगानी, सचिन ढकाल, सुयश प्याकुरेल, सुरज उप्रेती, सुशिल थापा र हेमन्त गोल्छा निर्वाचित भएका छन् । त्यस्तै एशोसियटबाट २ महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन् ।
द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट १ कार्यकारिणी समिति सदस्यमा नेपाल मलेसिया उद्योग वाणिज्य संघका मनोज पौडेल तथा संस्थापक सदस्यबाट २ कार्यकारिणी समिति सदस्यमा गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।