१३औ महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य चयनलाई लियर जन सम्पर्क समिति बेल्जियम पुन विवादमा

863

१३औ महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य चयनलाई लियर  जन सम्पर्क समिति बेल्जियम पुन विवादमा

ब्रसेल्स/बेल्जियम

नेपाली कांग्रेसको भात्री संगठन जन सम्पर्क समिति बेल्जियममा  पुन विवाद चुलिने देखियको छ | महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य छनौट विधान विपरित गरियको विषयलाई लियर कडा तिकडम हुने देखियको हो |

१२ औं महा अधिबेसन प्रतिनिधि रहेकी जानकी गुरुङको समुहले १८ तारिखका दिनमा प्रतिनिधि र सदस्य चुन्नको लागि भेलाको आयोजना गरेका छन | भेलामा बेल्जियममा रहेका सबै क्रियासिल सदस्यहरुलाई उपस्थितिको लागि डाकियको छ |यो भेला पूर्ण रुपमा सफल भयो र अगाडी बढ्यो भने अब बेल्जियमबाट केन्द्रमा जानेहरु १३ जना हुनेछन | दुवै तर्फ बाट वर्तमान अधक्ष्य सन्तोष जोशी भने साझा प्रतिनिधि रहनेछन |

बेल्जियमको कांग्रेसमा समस्या हिजो जे थियो आज फेरी उस्तै तर फरक विषयवस्तु बाट अगाडी बढिरहेको छ | केन्द्रले जनसम्पर्क समितिहरुलाई  फरक फरक पत्र पठायको   छ |पहिलो पत्र (फागुन १को) अनुसार पहिले क्रियाशील सदस्यहरुको रहोबरमा प्रतिनिधि र सदस्य चुन्नु भनेर भनेको छ | त्यस्तै गरेर दोस्रो पत्रमा(फागुन ३ का अनुसार) विदेशको समस्यालाई ध्यानमा राख्दै सहमतिको आधारमा सहज हुने तरिकाले प्रतिनिधि चुनेर पठाउनु भनेर पत्र समितिलाई पठायको छ | जसले गर्दा ठुलो गल्ति नेपाली कांग्रेस केन्द्रिय कार्यलयले गरेको देखिन्छ |

jss

 

प्रतिनिधि र घोषणा भैसकेको समुहको कुरा मान्ने हो भने जन सम्पर्क समिति बेल्जियमको जनवरी २६ तारिख राखेको बैठकले पूर्णता पाउन नसके पछि पुन बैठक डाकियको थियो र पछिको बैठकमा क्रियासिल सदस्यहरुको सहमतिमा प्रतिनिधि चुनेर निर्वाचन भयको थियो | त्यही निर्वाचनमा निर्वाचितहरु अहिले नेपाल जाने तयारीमा देखिन्छन | तर अर्को पक्षको कुरा यो संग नमिल्ने खालको देखिन्छ | उनीहरुका अनुसार क्रियासिल सदस्यहरुले कुनै सहमति नगरको बतायका छन | क्रियासिलसदस्यहरुले भोट हालेर चुनियका मात्रै प्रतिनिधि र सदस्य बनेर जान पाउने नियम उल्लंघन गरेको उनीहरुले बतायका छन | केन्द्रको पहिलो पत्र अनुसार जाने हो भने अहिले बिरोधमा उत्रेको दोस्रो पक्ष अर्थात् जानकी गुरुंगको समुह नियमसंगत अगाडी देखिन्छ |

यसै बिषयमा हामीले दुवै तर्फका प्रमुख प्रतिनिधि हरुलाई सोधेका छौ | तपाई आफु जान नपायको कारण र उल्का घिमिरे प्रितिनिधि हुन् नपायको कारण बखेडा झिकेको आरोप छ नि ?भन्ने प्रश्नमा जानकी गुरुंगले आफु नियम संगत गयको र विधान अनुसार क्रियासिलसदस्यहरुले मत हालेर निर्वाचित हुनेहरु जानेहो भने आफु तयार रहेको प्रस्ट पारिन |’हाम्रो विरोध भनेकै प्रक्रियागत त्रुटिमा हो ,हामी भेला डाकेका छौ भेलाले छानेका हरु महाधिबेसनमा भाग लिन जानेछन | त्यहा हामीलाई बायस गर्न खोजेमा हाम्रो शशक्त विरोध केन्द्रमै हुनेछ |’जानकीले भनिन ‘बाहिर निर्वाचन भनेर के गर्नु बैठकको अन्तिममा बचेका ८ ९ जना थिय तिनैले भोट हालेका प्रतिनिधि के प्रतिनिधि ?विधान मिचेर जानेलाई हामि मान्दैनौ |’

त्यसै गरेर अहिले चयन भैसकेको प्रतिनिधि र सदस्य समितिहरुको कुरा भने बेग्लै रहेको छ | उनीहरुले केन्द्रले पठायको दोस्रो पत्रलाई अगाडी सारेर आफु बलियो बन्न खोजेको देखिन्छ | जन सम्पर्क समितिका पुर्व अधक्ष्य इन्द्र क्षेत्रीका अनुसार आन्त्रपमा डेढ सय बढी क्रियासिल सदस्य उपस्थिति थिय र उनीहरुले सहमति गरेर नया कमिटिलाइ अगाडी बढायको थियो | ‘हामी नियम संगत गयका छौ |अहिलेका प्रतिनिधि निर्वाचन बाटै चयन भयका हुन् |यसमा दुइ मत छैन |’क्षेत्रीले भने ‘अहिले बिरोध गर्नेहरुको क्रियाकलाप हेरेर सोहि अनुरुप सदस्य समेत नरहने गरेर कारवाही हुनसक्छ |’

एन आर एन चुनाबले बल्ल बल्ल मिलेको समिति पुन फुटको संघारमा जानु नौलो होइन | बिग्रेको समिति बल्ल बल्ल बनेको हुदा दुवै पक्ष सकेसम्म मिलेर जादा सबै कांग्रेसीहरुलाई राम्रो सन्देस पक्का जानेछ | तर दुवै पक्षको हालीमुहाली देख्दा भनेर त्यो सम्भब देखिदैन | इन्द्र क्षेत्रीकै कुरालाई मान्ने हो भने ५ सय बेसी क्रियासिल सदस्य रहेको देशमा डेढसय बेसी उपस्थितिलाई आधिकारिकता दिन गलत देखिन्छ | कमसेकम बहुमत गरायर कार्य गरेको भय यो बखेडा नआउने देखिन्थ्यो | त्यस्तै गरेर जानकी गुरुंगको समुहले पनि आफुहरु जान नपाउने र हार्ने देखियाकोले यो विवाद सिर्जना गर्न लागेको भय त्यो तत्काल टुंग्याउनु पर्ने देखिन्छ | नत्र नेपाल रहनेले पनि प्रतिनिधि हुन् नपायको झोकमा समिति लाइ नै दुइ चिरा पर्न तर्फ लागे समितिको भविष्य सधै अन्यौल नै देखिन्छ |