ईक्यान रुपन्देही र होटल पार्मबिच छुट सुविधा सम्झौता

1.3K

ईक्यान रुपन्देही र होटल पार्मबिच छुट सुविधा सम्झौता

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवलकाे होटल पार्म इन्टरनेसनलबीच छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअनुसार ईक्यानसँग आबद्ध सदस्य, कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूले होटलका विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् ।
सम्झौता कार्यक्रममा बोल्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेतले आगामी दिनमा पनि यस्ता सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । उनले यस प्रकारको सहकार्यले शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।
होटल पार्म इन्टरनेसनल बुटवलका सञ्चालक सुरज खरालले दुवै पक्षबीच भएको सहमतिले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा ईक्यान रुपन्देहीका उपाध्यक्ष दिपेश अर्याल, सचिव उपेन्द्र यादव, कोषाध्यक्ष राम खरेल तथा कार्यसमिति सदस्यहरू किरण राना, राम खड्का, शिव पौडेल, जीडी सिखर धिताल, वाशु न्यौपाने र कमल भुषाललगायतको उपस्थिति रहेको थियो ।
यस सहमतिसँगै ईक्यानका सदस्यहरूले होटलका सेवा उपयोग गर्दा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।