मदानेका अध्यक्ष कुँवरद्वारा आगलागी पीडित महतलाई आर्थिक सहयोग

1.3K

मदानेका अध्यक्ष कुँवरद्वारा आगलागी पीडित महतलाई आर्थिक सहयोग

गुल्मीकाे मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले आगलागि पिडित टंकबहादुर महतलाई आर्थिक सहयाेग गरेका छन् । मदाने-६ धाराखर्क निवासी महत यहि वैशाख २८ गते विद्युत सर्ट भई आगलागी हुँदा घरको संरचना लगायतका सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका थिए ।
आर्थिक अवस्था कमजोर रहेका महत परिवार यसअघि पनि भूकम्पबाट प्रभावित भएको थियो । भूकम्पपछि बसोबासको समस्या झेलिरहेको महत परिवार पुनः आगलागीबाट पीडित भएकाे हाे ।
आगलागि पिडित महत परिवारलाई पालिका अध्यक्ष कुँवरले घटनास्थलमै पुगेर राहतस्वरूप २१ हजार रुपैयाँ आर्थिक सहयाेग प्रदान गरेका हुन् । अध्यक्ष कुँवरले आफूले गाउँपालिकाबाट प्राप्त गर्ने आर्थिक सुविधामध्येबाट उक्त रकम सहयोग गरेका हुन् । उनले विपद्को समयमा पीडित परिवारलाई साथ दिनु सबैको दायित्व भएको बताए ।
नेपाली काँग्रेस मदानेका सभापति समेत रहेको कुँवरले आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि पालिकाबाट आफूले प्राप्त गर्ने सुविधा वापतको रकम पार्टीको खातामा जाने व्यवस्था मिलाएका छन् । त्यसरी पार्टीको खातामा गएको रकम पार्टी समितिको निर्णयमा गरिव तथा विपन्न परिवारका लागि स्वास्थ्य, शिक्षा तथा राहत सहयोगमा प्रदान गर्दै आएको उनले बताए ।