स्थापना दिवसमा सजिलो सहकारीद्वारा रक्तदान

1.3K

स्थापना दिवसमा सजिलो सहकारीद्वारा रक्तदान

बुटवलमा सञ्चालित सजिलो बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । संस्था स्थापना भएको १८ औं स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रममा ३९ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ कालिकानगरमा कार्यालय रहेको यो सहकारी २०६५ सालमा स्थापना गरिएको थियो । अध्यक्ष पोख्रेलका अनुसार बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेको यो संस्थामा हाल करिव ८ सय शेयर सदस्य रहेका छन् ।
स्थापना दिवसको अवसरमा यो सहकारीले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।