बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘किवानिज क्लव अफ रुपन्देही लुम्बिनी’ले सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षाको गुणस्तर सुधारको लागि गुल्मीको सत्यवती गाउँपालिकाका दुई सरकारी बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक र खेलकुदका सामाग्री सहित पोशाक प्रदान गरेको छ ।
क्लवले आफ्नो नियमित कार्यक्रम अन्तर्गत गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नं. ७ जुनियामा रहेको ‘जुनिया माध्यमिक विद्यालय’ र `हेमन्त आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री सहित पोशाक प्रदान गरेको हो । विद्यार्थीहरुमा नियमित पठनपाठनसंगै अतिरिक्त ज्ञानको बिकासको लागि गुल्मीका यी बिद्यालय छनौट गरि बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको क्लवका अध्यक्ष गोबिन्द भुसालले बताए । उनले भने–‘नियमित पठनपाठनसँगै बालबालिकामा अतिरिक्त ज्ञानको बिकासको लागि रुपन्देही र गुल्मीका ग्रामिण क्षेत्रका विद्यालय छनौट गरि क्लवले नियमित रुपमा शैक्षिक सामाग्री र पोशाक बितरण गर्दै आइरहेको छ ।’

‘सर्भिङ द चिल्ड्रेन अफ द वर्ड’ भन्ने नारासहित सञ्चालित क्लवले बालबालिकाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको र सोही अनुसार क्लवले यस्ता विद्यालय छनौट गरेर विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि काम गर्ने गरेको क्लवका सस्थापक अध्यक्ष दिपेश शाहिले बताए । विद्यार्थीहरुमा शैक्षिक सहित अतिरिक्त शारीरिक विकासका लागि आवश्यक्ता हेरि खेलकुदका सामग्री, विद्यालय पोशाक, झोला, कापी तथा कलम लगायतका शैक्षिक सामागि प्रदान गर्दै आएको शाहिले बताए ।
बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि क्लवले गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ मा रहेका जुनिया माध्यमिक विद्यालय र हेमन्त आधारभूत बिद्यालय तथा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका स्थित विभिन्न सरकारी विद्यालयहरुमा क्लवले शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
बालबालिकाको शैक्षिक सङ्गै अतिरिक्त क्षमताको बिकास गर्नका लागि क्लवले सुविधाको पहुँच भन्दा टाढा रहेका विद्यालय छनौट गरेर यस्ता कार्यक्रम संचालन गर्दै आएको क्लवका निर्वाचित उपाध्यक्ष निरन्जन धितालले बताए । कक्षा १० सम्म अध्ययन हुने जुनिया माध्यमिक बिद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत रहेका छन भने कक्षा ३ सम्म अध्ययन हुने हेमन्त आधारभूत विद्यालयमा २५ जना विद्यार्थी अध्ययन गर्दछन् ।
जुनिया मा बि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिलिप सेन र हेमन्त आधरभूत बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष चेतबहादुर बुढाथोकिले किवानिज क्लवले शैक्षिक कार्यक्रम सञ्चालन गरेपछि बालबालिकाहरु धेरै खुसी भएको र उनीहरुको मनोबिज्ञानमा समेत सकारात्मक प्रभाव परेको बताए ।

यस्तै जुनिया मा बि का प्रधानाध्यापक केशवराज भट्टराई तथा हेमन्त आधारभूत बिद्यालयका प्रधानाध्यापक इन्द्रा ढकालले क्लवले कार्यक्रम सञ्चालन गरेयता बिद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार आउनुको साथै बिद्यार्थी संख्या बढ्नुका साथै अभिभावकहरुमा समेत सकारात्मक प्रभाव परेको बताए ।
जुनिया मा बि का सहायक प्रधानाध्यापक जुना सेनले क्लवले दुर्गम ग्रामिण क्षेत्रका विद्यालयमा आएर नियमित कार्यक्रम सञ्चालन गर्नु स्रहानीय काम भएको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन ।
क्लवका अध्यक्ष गोबिन्द भुसाल, सस्थापक अध्यक्ष दिपेश शाही, निर्वाचित उपाध्यक्ष निरन्जन धिताल तथा सदस्यहरु हिम चापागाई, नारायणबहादुर पौडेल, शिव पाठक, नारायण पान्डे, बिष्नु पौडेलसहितको टोलि बिद्यालयमा पुगेर करिव २ लाख बरावरको शैक्षिक, खेलकुद तथा बिद्यालय पोशाक प्रदान गरेको हो । त्यस अवसरमा ति विद्यालयहरुले क्लवलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।