वार्षिकाेत्सवमा नेको इन्स्योरेन्सद्वारा रक्तदान : ३० युनिट रगत संकलन

1.3K

वार्षिकाेत्सवमा नेको इन्स्योरेन्सद्वारा रक्तदान : ३० युनिट रगत संकलन

नेकाे इन्स्याेरेन्स लिमिटेडकाे वार्षिकाेत्सवकाे अवसरमा बुटवलमा रक्तदान गरिएकाे छ । नेकाे इन्स्याेरेन्स लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको हाे । कम्पनीको बुटवल प्रादेशिक कार्यालयको आयोजनामा रक्त सञ्चार केन्द्र बुटवलमा गरिएकाे कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।
नेको इन्स्योरेन्स बुटवल शाखाका प्रबन्धक रामप्रसाद गौतमका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरू रक्तदान गरेको थिए ।
कार्यक्रममा बोल्दै नेको इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत रमेशबहादुर थापाले रक्तदान जीवनदान हो भन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए । उनले एक थोपा रगतले पनि कसैको अमूल्य जीवन बचाउन सक्ने भएकाले रक्तदाताहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सहभागी रक्तदाताप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलकी प्रमुख राधा ज्ञवालीले रक्तदानकाे महत्वमाथि प्रकाश पारेकी थिइन । त्यसअवसरमा प्राविधिक प्रदीप टण्डन तथा नेको इन्स्योरेन्स भैरहवा शाखाका प्रमुख विजय ज्ञवालीलगायतले रक्तदानको महत्वबारे भनाई राखेका थिए ।