नेविसंघको अध्यक्षमा कटुवाल नियुक्त

1.3K

नेविसंघको अध्यक्षमा कटुवाल नियुक्त

नेपाली काँग्रेसले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करूणा कटुवाललाई नियुक्त गरेको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय बमोजिम पार्टी सभापति गगनकुमार थापाले पार्टीको विधान अनुसार म्याद समाप्त भई स्वतः विघटन भएको नेविसंघको अध्यक्ष पदमा धनकुटाकी कटुवाललाई नियुक्त गरेका हुन् ।
नवनियुक्त अध्यक्ष कटुवाललाई तोकिएको समयभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ११ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी गराएका छन् ।
नेपाली काँग्रेसले नेविसंघलाई समयमै महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने दिशामा अघि बढाउन यो नियुक्ति गरिएको जनाएको छ । संगठनलाई सक्रिय, व्यवस्थित र लोकतान्त्रिक प्रक्रियामार्फत सुदृढ बनाउन नवनियुक्त अध्यक्षलाई आवश्यक जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।