जनसम्पर्क समिति पोर्चुगलमा महाधिवेशन प्रतिनिधि छनौटमा तीब्र विवाद

388

जनसम्पर्क समिति पोर्चुगलमा महाधिवेशन प्रतिनिधि छनौटमा तीब्र विवाद

लिस्बन/पोर्चुगल

नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जनसम्पर्क समिति पोर्चुगलबाट तीन जना महासमिति सदस्य सहित सात जना महाधिवेशन प्रतिनिधि छनौटमा तीब्र विवादको कारण विभाजनको संघारमा पुगेको

कार्यसमितिको १३ फेब्रुवरी शनिबार बसेको बैठकको निर्णय अनुसार १४ गते आईतबार बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म महाधिवेशन प्रतिनिधिको उम्मेदवारी आह्वान गरिए अनुसार १६ जनाको उम्मेदवारी परेको जानकारी जनसम्पर्क समितिको फेसबुक पेजमा प्रकाशित गरिएको तोकिएको समय भित्र उम्मेदवारी दर्ता गराउनेहरुमा अमृत प्रसाद गुरुङ, खेमराज रानाभाट, विनोद घिमिरे, चिज कुमार तामाङ्ग, भानु सापकोटा, मुक्तिनारायण श्रेष्ठ, राजकुमार गौतम, नारायण प्रसाद सापकोटा, कुबेर कार्की, पुरुषोत्तम सुवेदी ,शुशिल शर्मा गैरे, काजी शेर्पा,भिम केसी कमल, सुर्य बहादुर हमाल, सुरेन्द्र अमागाई तिलक गैरे रहेका छन

उम्मेदवारी दर्ताको समय शुरु हुनु भन्दा आठ घण्टा अगाडि समितिका वर्तमान सभापति लक्ष्मी प्रसाद सापकोटा संस्थापक सभापति पूर्ण बहादुर हमाल निर्विरोध महासमिति सदस्य सहित रहने गरी महाधिवेशन प्रतिनिधिमा चयन भएको खबर बाहिर आएपछि समितिमा तीब्र विवाद सृजना भई समिति विभाजनको स्थितिमा पुगेको  छ

नेपाली कांग्रेसको विधान अनुसार पाँच सय क्रियाशील सदस्य पुयाएको जनसम्पर्क समितिलाई करिब एक निर्वाचन क्षेत्र बराबर मानेर समितिको सभापति स्वत: पदेन महाधिवेशन प्रतिनिधि रहने व्यवस्था तर महासमिति सदस्य स्वत: पाउने व्यवस्था छैन तर समितिको सभापति सापकोटालाई पनि उम्मेदवारी दिने समय शुरु हुनु भन्दा आठ घण्टा अगाडी नै महासमिति सदस्य सहित रहने गरि महाधिवेशन प्रतिनिधि भएको घोषणा समितिको फेसबुक पेजमा उल्लेख गरिएको  ‘अन्य यतिका व्यक्तिको उम्मेदवारी पर्दा पर्दै हमाल उम्मेदवारी  नै नदिई निर्विरोध हुने कुरै हुदैन निर्विरोध गराउने उम्मेदवारी दिनेहरुको बीच सल्लाहले हुने हो। जहाँ उम्मेदवारी दर्ता गराउनु भनिएको यतिका व्यक्तिको उम्मेदवारी पर्दा कुनै व्यक्ति निर्विरोध हुने भन्ने कुरा विधान सम्मत छैन यो निर्विरोध भन्ने हावा कुरा होभनि एक  सहभागीले बताएका छन दोस्रो कुरा;  महाधिवेशन प्रतिनिधि जस्तो जिम्मेवार व्यक्ति सो क्षेत्रका सम्पूर्ण क्रियाशील सदस्यहरुको मतबाट निर्वाचित हुनु पर्नेमा कार्यसमितिका सदस्यहरु आफै उम्मेदवार भएर चयन गर्न खोज्नु सरासर गलत अवैधानिक भनि महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरुले बताएका छन । यस घटनाको बारेमा कांग्रेस केन्द्रीय कार्यालयमा बुझ्दा क्रियाशील सदस्यहरुको भेलाबाट निर्वाचित प्रतिनिधिलाई मात्र मान्यता दिईने भन्ने व्यहोराको परिपत्र सबै जनसम्पर्क समितिलाई गरिसकेको जानकारी प्राप्त भएको छ ।  

पोर्चुगलमा रहेका विभिन्न संघ संस्थाहरु मध्ये जनसंख्याको आधारमा सबै भन्दा ठुलो संगठन संस्थापक अध्यक्ष हमालको बलामिच्याँई विधिविधान बाहिरबाट काम गरिदै आएकोले  अब छिन्न भिन्न हुने स्थितिमा पुगेको