नियोन मल्टिस्पेसियालिटी : स्वास्थ्य सेवामा भरपर्दो गन्तव्य

1.3K

नियोन मल्टिस्पेसियालिटी : स्वास्थ्य सेवामा भरपर्दो गन्तव्य

स्वास्थ्य सेवा कुनै पनि समाजको आधारभूत आवश्यकता हो । समयमै गुणस्तरीय उपचार प्राप्त हुन सकेमा जटिल रोगसमेत नियन्त्रण र व्यवस्थापन गर्न सहज हुन्छ । पछिल्ला वर्षहरूमा रुपन्देही, त्यसमा पनि बुटवल स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ । सरकारी तथा निजी स्वास्थ्य संस्थाको विस्तारसँगै स्थानीय नागरिकले आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा प्राप्त गर्न थालेका छन् । यही क्रममा स्थापना भएको नियोन मल्टिस्पेसियालिटी सेन्टर प्रा.लि. छोटो समयमै नागरिकको विश्वास जित्न सफल स्वास्थ्य संस्थाका रूपमा विकसित भएको छ ।
२०८२ असोजदेखि सञ्चालनमा आएको नियोन मल्टिस्पेसियालिटी सेन्टरले विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र बिरामीमैत्री सेवामार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यसहित स्थापना गरिएको यस संस्थाले छोटो अवधिमै प्रभावकारी स्वास्थ्य सेवा केन्द्रको पहिचान बनाएको छ ।

स्वास्थ्य क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच नियोनले सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै बहुआयामिक स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ । यहाँ नाक, कान तथा घाँटी रोग, हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोग, मानसिक स्वास्थ्य, जनरल सर्जरीलगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट नियमित परामर्श तथा उपचार सेवा उपलब्ध छ । अनुभवी चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार हुने भएकाले बिरामीले सुरक्षित र भरपर्दो सेवा पाउँदै आएको सञ्चालक दीपु केसी बताउँछन् ।
संस्थाले आधुनिक चिकित्सा प्रविधिको प्रयोग गर्दै इन्डोस्कोपी, डिजिटल एक्स–रे, अत्याधुनिक प्रयोगशाला सेवा, फिजियोथेरापी, ईसीजी, प्लास्टर सेवा, पीआरपी थेरापी, यूबीटी परीक्षण, आईयूआई सेवा तथा छालासम्बन्धी सम्पूर्ण उपचार सुविधा उपलब्ध गराएको छ । साथै, माइनर अपरेसन थिएटर सञ्चालनमा रहेकाले सामान्य प्रकृतिका शल्यक्रियाका लागि अन्यत्र जानुपर्ने आवश्यकता छैन ।
विशेषगरी पछिल्लो समय हाडजोर्नी, छाला तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गइरहेका बेला संस्थाले यी क्षेत्रका विशेषज्ञ सेवालाई विशेष प्राथमिकता दिएको छ । प्रारम्भिक परीक्षणदेखि उपचार र आवश्यक परामर्शसम्मका सेवा एउटै स्थानबाट उपलब्ध हुँदा बिरामीको समय र खर्च दुवै बचत हुने गरेको छ । आधुनिक उपकरणको प्रयोगले रोगको सही पहिचान तथा प्रभावकारी उपचारमा समेत सहयोग पुगेको उनको दाबी छ ।
उपचार सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको नियोन मल्टिस्पेसियालिटी सेन्टरले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने उद्देश्यले सञ्चालन गरिएका शिविरमार्फत सयौं नागरिक लाभान्वित भएका छन् । आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै गाउँ तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पु¥याउने योजना बनाएको सञ्चालक महेश शर्मा पौडेल बताउँछन् ।

संस्थाले विभिन्न स्वास्थ्य सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । नियमित स्वास्थ्य परीक्षण, रोगको प्रारम्भिक पहिचान तथा स्वस्थ जीवनशैलीका विषयमा नागरिकलाई जानकारी दिने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिँदै आएको छ । सरकारले तोकेको मापदण्डअनुसार सिफारिसका आधारमा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यसबाट आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा उपचार आवश्यक भएका बिरामीलाई प्रत्यक्ष राहत पुगेको छ ।
‘हामीले उपचारलाई केवल सेवा बिक्रीको माध्यमका रूपमा होइन, समाजप्रतिको जिम्मेवारीका रूपमा लिएका छौं ।’ सञ्चालक दीपु केसी भन्छन्–‘स्थानीय नागरिकले आफ्नै ठाउँमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने सोचका साथ हामीहरुले नियोन सञ्चालन गरेका हौं ।’ समुदायको विश्वास नै संस्थाको सबैभन्दा ठूलो सम्पत्ति भएको बताउँदै उनले छोटो अवधिमै विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र सेवाप्रतिको प्रतिबद्धताका कारण नागरिकको भरोसा जित्न सफल भएको दावी गरे । उनले आगामी दिनमा थप विशेषज्ञ चिकित्सक, नयाँ प्रविधि र विस्तारित सेवामार्फत स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउने पनि बताए ।
संस्थाका सञ्चालक भानु पोखरेल स्वास्थ्य क्षेत्रलाई केवल व्यवसायिक दृष्टिकोढाबाट मात्रै नभई सामाजिक सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताउँछन् । स्थानीय स्तरमै आधुनिक प्रविधिसहितको गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नियोन स्थापना गरिएको उनको भनाइ छ ।
नियोन मल्टिस्पेसियालिटी सेन्टरले आगामी दिनमा सेवा विस्तार, आधुनिक उपकरण थप, विशेषज्ञ जनशक्ति वृद्धि तथा नवीनतम स्वास्थ्य प्रविधि भित्र्याउने योजना अघि सारेको छ । गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व, अनुभवी चिकित्सक र आधुनिक प्रविधिको संयोजनमार्फत संस्थाले क्षेत्रीय स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको अर्का सञ्चालक सरोज खनाल बताउँछन् ।
विशेषज्ञ चिकित्सकको अनुभव, आधुनिक प्रविधिको प्रयोग, बिरामीमैत्री वातावरण र सेवाप्रति समर्पित व्यवस्थापनका कारण नियोन मल्टिस्पेसियालिटी सेन्टर रुपन्देही तथा आसपासका जिल्लाका नागरिकका लागि भरोसायोग्य स्वास्थ्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।