रुपन्देहीकाे तिलाेत्तमा नगरपालिकाले आफ्नै सभाहल निर्माण गरेकाे छ । नवनिर्मित सभाहलकाे बुधबार एक कार्यक्रमका बिच नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख गागेश्वरी चाैधरीले उद्घाटन गरे । नगरपालिकाले प्रशासनिक भवन परिसरमा निर्माण गरेकाे सभाहल नगरपालिकाकाे आफ्नै लगानीमा निर्माण गरेकाे हाे ।
त्यस अवसरमा बाेल्दै नगरप्रमुख खाणले नगरपालिकाकाे आफ्नै सभाहल नहुँदा बाहिर हाेटलमा कार्यक्रम गर्नुपर्ने बाध्यता रहेकाे र सभाहल निर्माणसंगै त्याे वाध्यताकाे अन्त्य भएकाे बताए । उनले सभाहल निर्माणले नगरपालिकाकाे खर्चमा मितव्ययिता पनि आउने र समयकाे हिसावले समेत ठूलाे महत्व राख्ने बताए ।
त्यसैगरी नगर उपप्रमुख जागेश्वरी चाैधरीले नगरपालिकामा सभाहल नहुँदा कहिले हाेटल त कहिले पार्किङ क्षेत्रमा टेन्ट टागेर कार्यक्रम गरिएकाे बताईन् ।

२०८१ कात्तिकमा निर्माण सम्झाैता भएकाे याे सभाहल झण्डै ३ कराेड १२ लाख रुपैयाँ लागतमा गत चैतमा निर्माण सम्पन्न भएकाे प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए । उनले नगरपालिकाबाट सञ्चालन तथा सम्पादन हुने कार्यक्रम गर्न बाहिर हाेटलमा जाने काम राेकिँदा बजेटकाे ठूलाे अंश जाेगिने बताए । कार्यक्रम प्रशासन शाखा प्रमुख सीता घिमिरेकाे सञ्चालनमा भएकाे थियाे ।

